कोरोनाबाट रोल्पाका चार जनाको मृत्यु

कोरोनाबाट रोल्पाका चार जनाको मृत्यु

रोल्पा : कोरोनाको दोस्रो लहरपछि रोल्पाका चार जनाको जिल्ला बाहिर उपचारको क्रममा मृत्यु भएको छ। रोल्पा माडी गाउँपालिका-६ कोर्चाबाङका कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा भैरहवामा मृत्यु भएको छ। पारिवारिक स्रोतअनुसार गाउँमै बिरामी परेपछि उपचारका लागि भैरहवा लगिएको थियो। भैरहवा कोरोना अस्पतालमा सोमबार साँझ उनको मृत्यु भएको हो।

ज्वरो आउने, टाउको दुख्ने र खोकी लाग्ने भएका बेला गाउँपालिकाकै एक निजि अस्पतालमा उपचार गर्न गएका थिए। सन्चो नभएपछि परिवारका सदस्यले भैरहवा लगेका थिए। अस्पतालमा कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो। अक्सिजन लेवल निकै कम भै मृत्यु भएको हो। उनी केही साता अघि भारतबाट फर्किएको आफन्तले बताए।
सुनिलस्मृति गाउँपालिका-३ मिझिङका वर्ष ४६ का एक पुरुषको पनि बैशाख १७ गते अघि चितवनको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। गाउँमा मासु पसल गर्दै आएका उनि उपचारका लागि चितवन पुगेका थिए।'जाँचमा कोरोना देखिएको थियो। उपचार गर्दैगर्दा मृत्यु भयो।', आफन्तले भने। परिवारका एक सदस्यमा पनि कोरोना देखिएको छ। 

चार दिनअघि नै गंगादेव गाउँपालिकाकी ४९ वर्षीय एक महिलाको उपचारका क्रममा छिमेकी जिल्ला सल्यानमा मृत्यु भएको थियो। बिरामी भै उपचारमा गएका महिलालाई कोरोना संक्रमण देखिएको र उपचार गर्दा गर्दै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए। त्यसैगरी त्रिवेणी गाउँपालिका-७ रानिमाला घर भै दाङ घोराहीमा बस्दै आएका ४० वर्षिय एक पुरुषको पनि मृत्यु भएको छ। बिरामी भै अस्पताल जाँदा कोरोना जाँच्दा पोजेटिभ देखिएको थियो। 

कोभिड-१९ ले अघिल्लो वर्ष जिल्लाका ५ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पछिल्लो भेरियन्टले चारको मृत्यु भैसकेको छ। देशका विभिन्न जिल्ला र विदेशमा कोरोनाबाट मृत्यु भएको अभिलेख छैन। 

प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाका अनुसार हाल जिल्लामा ८८ संक्रमित छन। समुदायस्तरसम्म संक्रमण फैलिएको छ। जाँचको अभाव देखिएको छ। अनुमानित दुई सय बढी संक्रमित भएको भन्दै प्रमुख जिल्ला अधिकारीले बुधबार बिहान ६ बजेदेखि लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरेका छन्। निषेधाज्ञा जेठ ५ गते राती १२ बजेसम्म लागू हुने सूचनामा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.