प्रकृति र ईश्वरीय विश्व व्यवस्था

प्रकृति र ईश्वरीय विश्व व्यवस्था

कलिको ५१२० वर्षमै चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभरी नै महामारीको रूप लिएर लाखौंको ज्यान लिइसकेको छ। आआफ्नो सीमा र घरभित्र रहन बाध्य पारेको यस घटनाले प्रकृति र ईश्वरलाई सम्झन प्रेरित गरेको छ। विश्व शक्ति बन्ने होडमा प्रकृतिमाथिको दोहन, आणविक हतियारहरूको उत्पादनका साथै जीवाणुहरूलाई समेत हतियारको रूपमा भण्डारण गरिएको कुरा कसैसँग लुकेको छैन।

मानवता र प्रकृतिमाथि गरिएको अपराधका कारण प्रकृति र ईश्वरीय प्रतिक्रियाको रूपमा द्वन्द्व महामारीहरूको मारमा विश्व पर्दै आइरहेको छ। यसतर्फ अहिलेको कोरोनाको महामारी पश्चात् पुनः विश्वले अनुभव गरेको छ। जीव, प्रकृति र ईश्वरसँगको सम्बन्धलाई प्रकाश पार्दै अमानवीय क्रियाकलापबाट विश्वका जनतालाई जोगाउनु सबैको कर्तव्य हो। आकाशमा सधैं देखिने सूर्यचन्द्रले सृष्टि र मानव जीवनलाई प्रतिदिन सञ्चालन गरिरहेको तथ्य सबैसामु छ। यसबाट विचारलाई अगाडि बढाउँदा सृष्टिका यावत संरचनालाई बुझ्न रसोहीअनुरूप जीवन र जगत्लाई सञ्चालन गर्नु नै ईश्वरीय वबश्व व्यवस्था हो भन्न सकिन्छ। प्राणो वै अकंः अर्थात् प्राणको श्रोत नै सूर्य हुन् भन्ने प्राचीन मान्यतालाई आधुनिक विज्ञानले पनि ‘सन इज द सोर्स अफ लाइफ’ भन्दै स्वीकारेको देखिन्छ। यसरी प्राणको श्रोत सूर्य हुन् भने स्वर परिवर्तनका कारण चन्द्रमा हुन्।

चन्द्रमाले प्रत्येक घण्टा मानिसको स्वर परिवर्तन गराउँदै शरीरमा तापक्रमलाई सन्तुलित गराउँछ। श्वासप्रश्वासको माध्यमबाट जीवित तुल्याइरहने सूर्य र चन्द्रमाका कारण पृथ्वीमा मानिसलगायत सबै जीव र वनस्पतिहरू अस्तित्वमा छन्। यिनै तथ्यहरूलाई दैनिक जीवनमा उतार्न सके ईश्वरीय अनुभूतिका साथै आनन्दको लाभ लिन सकिन्छ। तल प्रस्तुत निम्न कुरालाई व्यवहारमा प्रमुखतका साथ लागू गराउँदै प्रकृति र ईश्वरीय विश्व व्यवस्थालाई सफल बनाऔं :

– प्रत्येक शुक्लपक्षमा सूर्योदयसँगै मानिसको बायाँ नाडी (ईडा)बाट स्वर प्रवाह भई तीन दिनसम्म त्यही क्रमले भइरहन्छ। तत्पश्चात हरेक घण्टामा स्वाभाविक रूपले स्वर परिवर्तन भइरहनु चन्द्रमाको मानव शरीरमा प्रत्यक्ष प्रभाव तथा नियन्त्रण हुनु हो। त्यस्तै प्रत्येक औंसी (अमावश्य) का दिनदेखि तीनसम्म प्रथम स्वर दायाँ नाडी (पिंगला)बाट स्वर प्रवाह हुनु चन्द्रमाको पूरा चक्र सम्पन्न हुनु हो। दैनिक जीवनमा सूर्य र चन्द्रमाले पारिरहेको प्रभावलाई सबैधर्म, सबै महादेशका मानिसमा समान रूपले अनुभूति हुने तथ्य हुन्। यही तथ्यलाई दर्शनको रूपमा, दैनिक योगाभ्यास, ज्योतिष, तन्त्र, साधना, पुजनमा उपयोग गरिरहेको सनातन धर्म विश्व व्यवस्थाको श्रोतकै रूपमा रहेको छ।

– दाहिने नासिकालाई पिंगला नाडी तथा सूर्य नाडी भनिन्छ भने देब्रे नासिकालाईनाडी तथा चन्द्रस्वर भनिन्छ। मानिसको दाहिने नाडीलाई सूर्यले सञ्चालन गर्दछन् भने बायाँ नाडीलाई चन्द्रमाले सञ्चालन गर्दछन्। यही रहस्यलाई योगीजनहरूले प्राणायम, सूर्यनमस्कार लगायतका अभ्यासबाट समाधिको अवस्था (मुक्ति) सम्ममा पुग्छन्।

– ‘आदौ चन्द्रः सितेपक्षे भास्करस्तु सितेतरे। प्रतिपत्तो दिनान्याहुस्त्रीणि त्रीनि क्रमोदये।’ शुक्लपक्षको प्रतिपदा तिथिदेखि तीन–तीन दिनको क्रमबाट चन्द्र अर्थात् बायाँ नासिकाबाट पहिले सञ्चालन हुन्छ। अर्थात् शुक्लपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चर्तुदशी र पूर्णिमा यी नौ तिथि प्रातः काल सूर्योदयभन्दा पहिले बायाँ नासिकाबाट र चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यी ६ तिथिमा प्रातः काल पहिले दायाँ सूर्य नाडीबाट श्वासप्रश्वास प्रारम्भ हुन्छ। कृष्णपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चर्तुदशी तथा अमावश्यमा यी नौ तिथिमा सूर्योदयको पहिले समयमा दायाँ सूर्य नाडीबाट श्वासप्रश्वास प्रारम्भ हुन्छ। चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यी ६ तिथिमा सूर्योदयकालमा बायाँ नासिकाबाट श्वास चल्न प्रारम्भ हुन्छ। हरेक अढाई घडी (एक घण्टा) पछि अर्को नासिकाबाट चल्दछ।

– यत् पिण्डे तत् ब्रहमाण्डे अर्थात् यो पिण्डे (शरीर) र (ब्रमाण्ड) एउटै हो भन्ने सूत्रका आधारमा यो शरीर ब्रह्माण्डको प्रतिमूर्ति नै हो। शरीर र शरीरभित्र रहेका चक्रहरूमा सूर्यको प्रभाव र सम्बन्धलाई हृदयंगम गर्दै योगीहरू कुण्डलिनी जागरणका साथ ब्रह्माण्डसँग तादात्मता गाँस्छन्।

जीव, प्रकृति र ईश्वरसँगको सम्बन्धलाई प्रकाश पार्दै अमानवीय क्रियाकलापबाट विश्वका जनतालाई जोगाउनु सबैको कर्तव्य हो। आकाशमा सधैं देखिने सूर्यचन्द्रले सृष्टि र मानव जीवनलाई प्रतिदिन सञ्चालन गरिरहेको तथ्य सबैसामु छ।

– पूर्णिमाको समयमा समुन्द्रमा चन्द्रमाको गुरुत्वाकर्षणका कारण उत्पन्न ज्वारभाटा जस्तै महिलाहरूको रजस्वलाको चक्र चन्द्रमाको परिभ्रमणका कारण भएको तथ्यले चन्द्रमाको मानव जीवनमा पर्ने प्रभाव सबैले अनुभव गरिरहेकै कुरा हुन्। वनस्पतिहरूलाई पोषणलगायतका अनगिन्ति प्रभावहरू छन्।
– ईश्वरले सृष्टिसँगै यज्ञको उत्पत्ति गरी यज्ञ हवनद्धारा सृष्टिलाई पोषण गर्ने उपाय बताएअनुसार सूर्य र चन्द्र साधनाद्धारा प्रकृतिलाई पुष्टि गराउने कार्य सनातन धर्मावलम्वीहरूले गर्ने परम्परा छ। संयुक्त राष्ट्र संघको स्थापनाको उद्देश्यलाई सूर्य र चन्द्र साधना र अभ्यासले बल पुर्‍याउने हँुदा विश्व व्यवस्थाको आधार बन्न गएको छ। प्रकृतिलाई नष्ट पार्ने ग्यास, जीवाणु लगायतका उत्पादनलाई बन्द गराउन धार्मिक अभ्यासहरूले विश्वका धर्मावलम्बीको सहकार्यमा नेतृत्व गर्नुपर्छ। ईश्वरीय विश्व व्यवस्था स्थापनाका लागि सूर्य र चन्द्र साधना साझा बन्नेछ स्वर्गीय अवस्थाको अनुभूति सबैले गर्न सक्नेछन्।

– व्यक्तिगत र अन्तर्राष्ट्रिय संग्रहको प्रतिस्पर्धालाई सन्तुलित बनाउन श्रीमद्भागवत महापुराणको निम्नश्लोक पनि विश्वका लागि अनुकरणीय बन्न सक्छ। ‘यावत म्रियेत जढरं तावत् स्वत्वं हि देहिनाम। अधिकंं योभिमन्यत स स्तेनो दण्डमर्हति।’ अर्थात् जति द्रव्य भोक मेटाउन आवश्यक पर्दछ त्यति प्राप्तिको मात्र अधिकार छ। त्योभन्दा बढी प्राप्ति गर्न खोज्नु दण्डनीय हो भन्ने वचनले अधिक बलशाली, धनी हुन जे पनि गर्न चाहनेहरूलाई निरुत्साही बनाउँछ। ईश्वरीय विश्व व्यवस्थाका लागि सैद्धान्तिक आधार बन्न सक्छ।
– ॐ पूर्णम्दः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते, पूर्णस्य पूर्णमादाय पूर्णमेवाशिण्यते बृहदारण्यक उपनिषद्को यो वचनले सृष्टिकर्ता, सृष्टि र जीवको पूर्णता सम्बन्धलाई बुझाउँछ। ईश्वरीय विश्व व्यवस्थाको महत्व र सम्भावनालाई यस वचनले सहयोग पुर्‍याउनुका साथै सबै धर्म तथा सबै महादेशका व्यक्तिहरूलाई ऐक्यवद्धता गराउन सजिलो बन्छ।

– ‘सद्धदयं सांमनस्यमविद्वेषं कुणोमिवः अन्यो अन्यममि हर्यत वत्संजातमिवाध्न्या।’ ईश्वरले हामीलाई सहृदय, एक मन भएको, द्वेषं नभएको बनाउनु भएको छ। हामीले एक दोस्रोलाई गाईले नवजात आफ्नो बच्चालाई स्नेह गरेजस्तै स्नेह गरौं भन्ने अर्थवेदको वचन विश्वबन्धुत्वको आधार बन्ने छ। ‘समानी व आकृतीः समाना हृदयानि वः। समानमस्त वो मनो यथा वः सुसहासति’‘हामी सबैको जीवनको लक्ष्य एउटै हवस् हाम्रो हृदय र मन पनि एकै हवोस्, जसबाट हामीले जीवन त्यसलाई प्राप्त गर्न सकौं भन्ने ऋग्वेदको कथनले विश्वका सबै मानिसलाई एउटै मन, एउटै हृदय र एउटै लक्ष्य प्राप्तिका लागि प्रेरित गर्दछ। आज कोरोना भाइरस विश्वभरी फैलिइएको अवस्थामा विश्वका सबै राष्ट्रको संकल्प र मन एउटै भएझैं युद्ध र द्वन्द्वहरू समाप्त गरी स्वराज्य र मेलमिलाप स्थापनाका लागि पनि यसरी नै जुट्न सक्ने आधार तयार भएको छ। लोकतन्त्र, राष्ट्रियता र समावेशिताको ग्यारेन्टी गर्ने वैदिक स्वराज्य र उपनिषद्ले आह्वान गरेको मेलमिलाप सबैको विचार र अभिमान नै विश्व व्यवस्थाको नयाँ आधारशिला हो।

– ‘आदौ चन्द्रः सितेपक्षे भास्करस्तु सितेतरे। प्रतिपत्तो दिनान्याहुस्त्रीणि त्रीनि क्रमोदये।’ शुक्लपक्षको प्रतिपदा तिथिदेखि तीन–तीन दिनको क्रमबाट चन्द्र अर्थात् बायाँ नासिकाबाट पहिले सञ्चालन हुन्छ। अर्थात् शुक्लपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चर्तुदशी र पूर्णिमा यी नौ तिथि प्रातःकाल सूर्योदयभन्दा पहिले बायाँ नासिकाबाट र चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यी ६ तिथिमा प्रातःकाल पहिले दायाँ सूर्य नाडीबाट श्वासप्रश्वास प्रारम्भ हुन्छ। कृष्णपक्षको प्रतिपदा, द्वितीया, तृतीया, सप्तमी, अष्टमी, नवमी, त्रयोदशी, चर्तुदशी तथा अमावश्यमा यी नौ तिथिमा सूर्याेदयको पहिले समयमा दायाँ सूर्य नाडीबाट श्वासप्रश्वास प्रारम्भ हुन्छ। चतुर्थी, पञ्चमी, षष्ठी, दशमी, एकादशी र द्वाद्वशी यी ६ तिथिमा सूर्योदयकालमा बायाँ नासिकाबाट श्वास चल्न प्रारम्भ हुन्छ। हरेक अढाईघडी (एक घण्टा) पछि अर्को नासिकाबाट चल्दछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.