बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु, चार घाइते

बैतडीमा जीप दुर्घटना : ६ जनाको मृत्यु, चार घाइते

धनगढी : बैतडीमा जीप दुर्घटनामा परेर ६ जनाको मृत्यु गएको छ भने चारजना घाइते भएका छन्। मंगलबार दिउँसो पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडी ल्याउदै गर्दा से १ ज १२३ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। 

वडा सदस्य भण्डारीको सोमबार राति चट्याङ लागेर ज्यान गएको थियो। पञ्चेश्वर गाउँपालिका–६ रोडिदेवलको गणमेश्वर मन्दिर नजिकै भएको जीप दुर्घटनामा सोही गाउँपालिकाको वडा नम्बर ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी, २७ वर्षीय हिम्मत भण्डारी र ४० वर्षीय दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक हरिश शरण भट्टले बताए। 

यस्तै दुर्घटना परी घाइते भएका चालक तेजबहादुर बोहरा र ५० वर्षीय खेमसिंह भण्डारीको उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक भट्टले जानकारी दिए। 

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय मोहनसिंह भण्डारी, ३० वर्षीय हरिसिंह भण्डारी, २८ वर्षीय मदनसिंह भण्डारी र २४ वर्षीय दिलिपसिंह भण्डारी घाइते भएका छन्। घटनामा खटिएका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले मदन भण्डारी र दिलिपसिंह भण्डारीको अवस्था गम्भीर रहेको बताए।

मदनको कानबाट रगत बगिरहेको र टाउकोका चोटपटक लागेको, दिलिपको खुट्टा भाँचिएकाले दुबै जनालाई रेफर गरिएको उनले बताए। जीप सडकबाट करिब ५ सय मिटर तल खसेको बताइएको छ। साँघुरो घुम्तीका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते चारै जनालाई जिल्ला अस्पताल बैतडी ल्याइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.