रोल्पामा १५ दिन निषेधाज्ञा

रोल्पामा १५ दिन निषेधाज्ञा

रोल्पा : बढ्दो कोरोना संक्रमणको जोखिम कम गर्न रोल्पामा बुधबार बिहान ६ बजेदेखि पन्ध्र दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जेठ ५ गते राति १२ बजेसम्म लागू हुने भएको छ । निषेधाज्ञाको पालना नभए संक्रमण रोग नियन्त्रण ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारवाही हुनेछ । 

निषेधाज्ञापछि बजार सुनसान बनेका छन् । सार्वजनिक यातायातका साधन चलेका छैनन् ।  सदरमुकाम लिबाङ, पुर्वी रोल्पाको सुलिचौर बजार, दक्षिणी होलेरी र पश्चिमी भेगका घर्तिगाउँ, बागमारालगायतका बजार क्षेत्रमा भीडभाड हुन नदिन प्रहरीले कडाइ गरेको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले निषेधाज्ञाको सूचनामार्फत स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न भनेका छन् । 

वैशाख २० गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को संयोजनमा बसेको विस्तारित बैठकले कोरोना समुदाय स्तरमा फैलिएको भन्दै निषेधाज्ञा गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको थियो । बैठकको माग र कोरोना जोखिमको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा ९८ जना कोरोना संक्रमित छन् । संक्रमित सबै होमआइसोलेसनमा रहेका छन् । स्थानीय तहले आइसोलेसन सेन्टर बनाइरहे पनि अक्सिजन सिलिन्डर व्यवस्था हुन सकेको छैनन् । जिल्लामा एउटा पनि आइसीयू र भेन्टिलेटर छैन। रेउघामा १५ शैयाको अस्पताल भएपनि कोरोनाका गम्भीर बिरामीलाई उपचार गर्न सकिने अवस्था छैन । 

प्रयाप्त भिटिएम र एन्टिजेन्ट टेष्ट कीट पनि छैन । एक साताअघि गंगादेव गाउँपालिकामा ४३ जनाको स्वाब परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएपछि कन्ट्याक्ट् ट्रेसिङका आधारमा एक सय बढीको जाँच गर्ने भनिएपनि भिटिएम अभावमा परीक्षण हुन सकेको छैन।

कोरोनाका कारण दस दिनयता चारजना रोल्पालीको उपचारका क्रममा जिल्ला बाहिर मृत्यु भइसकेको छ । समुदायस्तरमा कोरोना फैलिसकेको छ । गंगादेव, माडी, परिवर्तन, त्रिवेणी, रुन्टिगढी र सुनिलस्मृती गाउँपालिकामा कोरोना संक्रमित थपिदैछन् । रोल्पा नगरपालिकामा पनि संक्रमित छन् । जाँच अभावले संक्रमितको यकिन पहिचान हुन सकेको छैन । जिल्लामा संक्रमितको संख्या २ सय बढि पुगेको अनुमान सर्वपक्षीय बैठकले गरिसकेको छ । 

स्वास्थ्य संस्थामा कोरोना संक्रमणका लक्षणसहितका बिरामी पुगिरहेका छन् । मृत्यु भएका र कोरोना पोजिटिभ भएकासँग घुलमिल भएका समुदायमा त्रास बढेको छ । जाँच गरिएदिए हुन्थ्यो भन्ने अपेक्षा छ । समुदायमा ज्वोरो, खोकी र टाउको दुख्ने बिरामीको संख्या बढ्दैछ।

निषेधाज्ञामा खाद्या वस्तु, ग्यास, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछामासु विक्रीवितरण गरिने पसल स्वास्थ्य मापदण्ड पालना गरी बिहान ६ देखि ९ बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न सूचना गरिएको छ । स्वास्थ्य सामग्री र औषधि पसल २४ सै घण्टा खुला रहनेछन् । सार्वजनिक निर्माणका कार्यलाई भने सुचारु गर्ने सर्वपक्षीय निर्णय भएको छ।

कोरोना जाँचका लागि स्वास्थ्य कार्यालयमार्फत् लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ४ र ४ हजार एन्टिजेन्ट टेष्ट किट र पीपीइ सेट, १ थान पीसीआर मेसिन र अक्सिजन सिलिण्डर माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.