निषेधाज्ञामा दैलेख : सुनसान बजार, बिनाकाम घरबाहिर निस्कनेहरु प्रहरी नियन्त्रणमा

निषेधाज्ञामा दैलेख : सुनसान बजार, बिनाकाम घरबाहिर निस्कनेहरु प्रहरी नियन्त्रणमा

दैलेख : कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । कोभिड–१९ संक्रमणको दोस्रो लहरको ‘चेन ब्रेक’ गर्न प्रशासनले एक हप्ता निषेधाज्ञा जारी गरेको हो । 

वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि वैशाख २८ गते राति १२ सम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जनाभन्दा बढी भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्टसहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी गरेको हो ।  

दैलेख जिल्लाभर लागू हुनेगरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिँडडुलमा समेत निषेध गरिएको छ ।

अत्यावश्यक कामबाहेक अन्य कुनै पनि प्रयोजनका लागि हिँडडुल गर्न नपाइने गरी जारी गरिएको निषेधाज्ञाको पहिलो दिन आज बिहानैबाट मुख्य बजार दैलेख सदरमुकाम, दुल्लुलगायत स्थानीय तहका मुख्य बजार सुनसान छन् । मानिसको आवतजावत र जमघट हुन नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको छ ।

जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्या‍सका पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्णरुपमा पालना हुनेगरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्न निणर्य भए अनुसार भीड निकै कम छ

फाटफुट रुपमा मोटरसाइकलहरु सञ्चालन भएपनि ठूला सवारी साधान पूर्णरुपमा बन्द छन् । औषधि पसल सञ्चालन भइरहेका छन् । बुधबार बिहान बिनाकाम हिँड्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

उनीहरुलाई सम्झाइबुझाइ छाडिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय २१ पुगेको छ । पछिल्लो चरण ७५ वर्षीया र ३५ वर्षीया पुरुष र एक गर्भवति गरी तीनजनाको कोरोनाबाट मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.