१४ वर्षीया बालिकामाथि पेट्रोल छर्की आगो लगाउने दुईजना पक्राउ

१४ वर्षीया बालिकामाथि पेट्रोल छर्की आगो लगाउने दुईजना पक्राउ

बाजुरा : १४ वर्षीया बालिकामाथि पेट्रोल छर्की आगो लगाएर फरार रहेका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख १९ गते राति गाउँमा बिहे भइरहेको समयमा त्रिवेणी नगरपालिका–९ मलालगाउँ की १४ वर्षीया परिर्वतन (नाम मालिका १६) सभ्यता बुढाको शरीरमा पेट्रोल छर्कि आगो लगाएर उनीहरु फरार भएका थिए। 

उक्त घटनाका फरार दुईजना फरार व्यक्तिलाई मंगलबार पक्राउ गरेको  जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साही नगरपालिका ८ कालापानीका १६ वर्षीय सुमन गिरी र १६ वर्षीय शिखर थापालाई वैशाख २० गते साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिए ।

फरार दुबैजना त्रिबेणी नगरपालिका ८ बुढीगंगा नदी किनारमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रमुख महराले बताए । घाइते बालिकाको शरीरको बाया भागको ढाड र कम्मर जलेको छ। बालिकाको जिल्ला अस्पतालमा उपचारपछि अभिभावकको जिम्मा लगाएको प्रहरी प्रमुख महराले बताए । बालिकाको शरीरमा आगो लागेको अन्य मानिसले देखेपछि आगो निभाएका थिए । 

पीडित बालिकाका काका संजय बुढाले दिएको उजुरीका आधारमा मंगलबार नै जिल्ला अदालत बाजुरामा उजुरी दर्ता भएको प्रहरीले जनाएको छ। जिल्ला अदालत बाजुराले मंगलबार दुबैजनालाई बालबालिकासम्बन्धी ऐन २०७५ बमोजिम ५ दिनको म्याद थपगरी अनुशन्धान सुरु गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.