स्थानीय तहले बेवास्ता गर्दा संक्रमितको शव २ दिनदेखि शव गृहमै

स्थानीय तहले बेवास्ता गर्दा संक्रमितको शव २ दिनदेखि शव गृहमै

परासी : कोरोना संक्रमणले मृत्यु भएकी पश्चिम नवलपरासी रामग्राम नगरपालिका–४ की ४५ वर्षीया महिलाको २ दिनदेखि शव व्यवस्थापन हुन सकेको छैन । नगरपालिकाले व्यवस्थापनमा ढिलाइ गर्दा शव अस्पतालको शव गृहमा राखिएको हो । 

‘हामीले मृत्यु हुने वित्तिकै शव व्यवस्थापनका लागि सम्बन्धित स्थानीय तहलाई जानकारी दिने गरेका छौं । अन्यले तत्कालै लगेका छन् । रामग्रामले भने अहिलेसम्म नलैजाँदा २ दिनदेखि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ , ' पृथ्वीचन्द्र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मोहम्मद नुरुल होदाले भने।

शव व्यवस्थापनका लागि जग्गाको खोजी भइरहेकाले ढिलाइ भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए । नगरपालिकाले वडा नं.४,५ र ६ का लागि झरही खोला र वडा नं. १, २ र ३ का लागि वडा नं. १ मा जग्गा व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

तर उक्त शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले विरोध गरेकाले समस्या आएको पन्थीको भनाई छ । १८ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडाहरुका लागि जग्गा व्यवस्थापन गरेपनि अन्य वडाका लागि भने जग्गाको खोजी गर्न नसकिएको पन्थीको भनाइ छ । नगरपालिका क्षेत्रमा दैनिकजसो संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ।

पछिल्लो पटक जिल्लामा कोरोनाको संक्रमण भयावह बन्दै गएको छ । वैशाख पहिलो सातादेखि बुधबारसम्म जिल्लामा संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देविलाल पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.