लुम्बिनीमा ६ सय स्वास्थ्यकर्मी थपिँदै

लुम्बिनीमा ६ सय स्वास्थ्यकर्मी थपिँदै

बुटवल : लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यतर्फ ५ सय ८३ जनशक्ति थप गर्ने भएको छ। चार कोरोना विशेष अस्पतालमा यी जनशक्ति अस्थायी रूपमा भर्ना गर्न लागिएको हो।

अघिल्लो वर्ष महामारीका बेला ४ सय जनशक्ति करारमा भर्ना गरिएको थियो। कोरोना संक्रमण घटेपछि उनीहरुको करार नवीकरण गरिएको थिएन। मन्त्रिपरिषद् बैठकले अस्थायी दरबन्दी थपसम्बन्धी निर्णय गरेको हो।

लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा १ सय ८९ दरबन्दी थपिँदै छन्। त्यस्तै बेलझुन्डीस्थित राप्ती प्रादेशिक कोरोना विशेष अस्पतालमा १ सय ७१, भेरी अस्पताल नेपालगन्जमा १ सय ५२ र भैरहवाको भीम अस्पतालमा ७१ दरबन्दी थप्ने निर्णय भएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले बताए।

प्रदेश सरकारले यसअघि अस्पतालमा आईसीयू बेड विस्तार गर्न पौने २ करोड रुपैयाँ बिनियोजन गरेको थियो। उक्त बजेटबाट बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा ३६ वटा एचडीयू बेड थप गरिएको छ। सरकारले कोभिड नियन्त्रण तथा उपचार कोषमा १० करोड थप गरेको छ। कोषमार्फत २० करोड खर्च भइसकेको छ। अस्पतालका बिरामीको उपचार, उपकरण, औषधि, स्वास्थ्यकर्मीको जोखिम भत्ता यसैमार्फत व्यवस्थापन हुने गरेको छ। 

निजी अस्पतालमा हुने उपचारको शुल्कसमेत सरकारले तिरिदिने व्यवस्था गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको उपचार शुल्कमा एकरुपता ल्याउदै उपचार खर्च बेहोर्ने निर्णय गरेको हो। अक्सिजनसहितको एक बेडको प्रतिदिन ३ हजार ५ सय, आईसीयू एचडीयूसहितको एक बेडको ७ हजार र आइसियु भेन्टिलेटरसहितको एकदिन एक बेडको १५ हजार शुल्क तोकिएको छ। सरकारले यस अनुसारको शुल्क निर्धारण गरी तिरिदिने व्यवस्था गरेकाले त्यसभन्दा धेरै शुल्क लिन नपाइने मन्त्रालयले जनाएको छ। 

बिरामीलाई अब निशुल्क अक्सिजन
विरामीलाई निशुल्क अक्सिजन उपलब्ध गराउने योजनासहित बुटवलमा अक्सिजन बैंक स्थापना गरिएको छ। बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिकाभित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्ष्य गरी निःशुल्क अक्सिजन सेवा सुरुआत गरेको हो। उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई स्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोली अक्सिजन लिएर पुग्नेछ। 

बुटवलमा स्थापना गरिएको अक्सिजन बैंक। 

उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिण्डर, सिलिण्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आइसोलेशनबाट सूचना आउँदा साथ परिचालन हुनेगरि व्यवस्था मिलाइएको नगरप्रमुख शिवराज सुवेदीले बताए।

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगर प्रमुख सुवेदीको भनाइ छ। आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराउने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.