‘कोरोनाको भयावह स्थिति आइसकेको छैन’

‘कोरोनाको भयावह स्थिति आइसकेको छैन’

देश कोरोना महामारीसँग जुझिरहेको छ। संक्रमितको संख्या दिनहुँ तीव्र बढिरहेको छ। अस्पतालमा सिकिस्तलाई समेत अब बेड छैन। यस्तो अवस्थामा सरकारको मात्र मुख ताकेर उपचार प्रबन्ध सम्भव छैन। स्थितिलाई पार लगाउन निजी क्षेत्रको भूमिका अहम् छ। त्यसलाई ध्यान दिएर केही सत्कर्मीहरू अग्रसर हुन थालेका छन्। तिनैमध्ये एक हुन् डा. सुवास घिमिरे

उनी अध्यक्ष रहेको ओम समाज डेन्टल हस्पिटलले कोभिड– १९ का बिरामीका लागि निषेधाज्ञामा निःशुल्क उपचार र एम्बुलेन्स सेवाको घोषणा गरेको छ। खासगरी पहुँच नभएको समुदायका नागरिक उपचार अभावमा छटपटाउनु वा मृत्युवरण गर्नु नपरोस् भनेर उनको नेतृत्वमा केही सहृदयी अघि सरेका छन्। त्यो समूहको घोषणा छ– उपचार पाइएन भने हामीलाई सम्पर्क गर्नुहोस्, एम्बुलेन्स लिएर तुरुन्तै आइपुग्नेछौं। प्रस्तुत छ, घिमिरेसँग उक्त अभियान र कोरोनाको वर्तमान अवस्थाबारे अजवी पौड्यालले गरेको कुराकानीको सम्पादित अंश– 

कोरोनाका बिरामीका लागि निःशुल्क प्राथमिक उपचार तथा एम्बुलेन्स सेवा दिनुपर्ने आवश्यकता किन आयो ? 

हामीले अघिल्लो लकडाउन र कोरोना भेरियन्टको पहिलो चरणमा यो कार्यक्रमको सुरुआत गरेका हौं। कोभिडको केस कम थिए डर बढी थियो। डाक्टरले बिरामी देखेर भाग्ने, अस्पताल बन्द गरेर बस्ने अवस्था थियो। कोरोनाले आतंक फैलाएको थियो। यस्तो अवस्थामा अस्पतालका स्वास्थ्यकर्मीहरू र अन्य समाजसेवी मिलेर निःशुल्क प्राथमिक उपचार, जनचेतनामूलक सहकार्य तथा घरमै गएर उपचार गर्ने कामहरू सुरु गरेका थियौं।

अघिल्लो लकडाउनको अवस्थामा अस्पतालकै सहकार्यमा बिरामीको घरघरमा गएर उपचार गरेका थियौं। धेरै कोरोना पोजेटिभ बिरामीहरू त काउन्सिलकै भरमा निको भएका थिए। अहिले कोरोना पोजिटिभ केसहरूको संख्या बढी छ। सबैले सहज तरिकाले उपचार पाउन सकेका छैनन्। केही मनकारी साथीहरू मिलेर सानै भए पनि सहयोग गरौं भनेर ओम समाज डेन्टल अस्पतालले यो कार्यलाई निरन्तरता दिएको हो। 

अहिलेसम्म के के काम गर्नुभयो ? 
५ सय ५० वटा केसहरूमा हामीले सहयोग गरेका थियौं। हामीसँग सुविधा सम्पन्न एम्बुलेन्स पनि छ। अलि गम्भीर बिरामीलाई अस्पतालमा भर्ना गराई थप उपचारको लागि सहयोग गर्दै आएका छौं। चौबिसै घण्टा अक्सिजन सेवा उपलब्ध गराउनेजस्ता काम हामीले पहिलो चरणमा गरेका थियौं। 

संक्रमणको दोस्रो चरणको अवस्था के हो ? 
कोरोनाको दोस्रो भेरियन्ट सुरु भइसकेपछि मुख्य कुरा हरेक व्यक्ति र परिवारमा अनावश्यक डर फैलिएको छ। अक्सिजन नपाएको समाचार पढ्छन् अनि बिरामी नै नभएको घरमा पनि अक्सिजन सिलिन्डर किनेर राख्न थालेका छन्। आफन्त, नातागोताले बारम्बार फोन गरेर हामीलाई पनि अक्सिजन सिलिन्डर राख्नका लागि हरेक दिन फोन गरिरहेका छन्। यसले गर्दा अस्पताल तथा मेडिकल वितरण केन्द्रमा अक्सिजन अभाव हुन थाल्यो। दोस्रो भेरियन्टसँगै यसको लक्षणहरू केही बदलिएको छ। पहिले उपचार गर्दा चलाउने औषधिले ठीक नहुने भयो। खोपको विषय पनि यस्तै हो। पहिलो चरणमा देखिएका विशेषताको आधारमा खोप बन्यो तर अहिले फरक लक्षणसहित कोरोना संक्रमण फैलियो। यसैले अहिले देखिएको कोरोनाको नयाँ भेरियन्टलार्ई खोपले पनि रोकथाम गर्न सकेको देखिएन्। पहिलेको तुलनामा संक्रमण र मृत्युदर पनि उच्च भएकाले धेरै मानिसहरू अत्तालिएका छन्। आत्मविश्वास बलियो भएन भने कोरोनालाई जित्ने सम्भावना हुँदैन। 
पीसीआर पोजिटिभ हुनेबित्तिकै मरिँदैन भनेर बुझ्नुपर्‍यो। नआत्तिनुस् तपाईंले अक्सिजन पनि पाउनुहुन्छ, भेन्टिलेटर पनि पाउनुहुन्छ भनेर भरोसा दिनको लागि पनि हामीहरूले जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिएका हौं। 

तपाईंहरू कति जनाको टिमले यो काम गरिरहनुभएको छ ? 
हामीसँग एक हजार जना नर्सिङ कर्मचारी छन्। केही विशेषज्ञ डाक्टरहरूको टिम पनि छ। यस्तै सामाजिक सेवामा सक्रिय मनकारी व्यक्तिहरू पनि हुनुहुन्छ। स्थानीय जनप्रतिनिधिसँग पनि सहकार्य गरिरहेका छौ। यसरी अहिले हामीसँग चौबिसैघण्टा एम्बुलेन्स सेवा उपलब्ध छ। सामान्य कोभिड बिरामीलाई घरमै गएर पनि उपचार गराइरहेका छौं। अक्सिजन चाहिने बिरामीलाई अक्सिजन उपलब्ध गराइदिने, गम्भीर खालका बिरामीलाई अस्पतालको सहकार्यमा भेन्टिलेटरको व्यवस्था गरिदिनेसम्मको काम गरिरहेका छौं। 

बिरामीले अस्पतालमा बेड नपाउने तथा अक्सिजन र भेन्टिलेर नै नपाउने अहिलेसम्म देखिएको छ नि ? 
एसोसियसनका डाक्टर तथा स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर उपत्यकामा रहेका तर बन्द भएका अस्पताललाई अस्थायी रूपमा कोभिड अस्पतालको रूपमा परिवर्तन गरेर सेवा दिने योजना गरिरहेका छौं। कोभिड अस्पतालको संख्या धेरै बढाउन सकियो भने बेडको समस्या हल हुन्छ। सरकारी तथा निजी अपस्तालमा बिग्रेका भेन्टिलेटरहरू बनाएर पुनः सञ्चालनमा ल्याउनका लागि राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरिरहेका छौं। विदेशमा हुने साथीहरूले पनि भेन्टिलेटर पठाइदिने भनेका छन्। अस्पताल र बेडको उपलब्धतासँगै भेन्टिलेटरको पनि व्यवस्था गर्ने काममा हामी सबै लागिरहेका छौं। अहिलेको विषम स्वास्थ्य संकटमा जस्तोसुकै परिस्थितिमा पनि यो महामारी टार्नुपर्छ भन्नेमा साथीहरू पूर्वतयारी अवस्थामा काम गरिरहेका छौं। अहिलेको विषम परिस्थितिमा मानवीय भावनाको रूपमा काम गर्ने उद्देश्य हो। तत्कालै गर्ने भनेको चलिआएका अस्पतालसँग सहकार्य र समन्वय गर्ने मात्रै हो। 

अहिले नेपालमा कोरोना संक्रमण हुने र त्यसबाट मृत्यु हुने क्रम बढ्दो छ यो भयावह नै हो ?
सञ्चार माध्यमहरूमा अहिले जसरी समाचार आएका छन्। त्यस्तै भयावह अवस्था नै हो भन्न मिल्दैन। मानिसहरूलाई त्रसित बनाउन काम अस्पताल र केही चिकित्सकबाट पनि भएको छ। हाम्रो देशको जनसंख्याको तुलनामा एक प्रतिशत पनि संक्रमित छैनन्। कोरोना भाइरस नदेखिएको बेला पनि रुघाखोकीकै कारणले पनि मानिसहरूको मृत्यु हुने गरेको थियो। हरेक वर्ष निमोनियाले सयौं मानिस मर्थे। यो त नियमित प्रक्रिया नै हो। अहिले निमोनियाले मर्ने पनि कोरोना भनिएको छ रुघाखोकीले मर्ने पनि कोरोना नै भनिएको छ। अन्य दीर्घरोगी र समस्याका कारण मर्ने पनि हजारौं हुन्थे। अहिले सबैलाई कोरोना पोजिटिभ देखिने भएकाले यी सबै संख्या जोडिएको हो। कोरोनाकै कारण मर्नेको संख्या सुनेर डराउनुपर्ने स्थिति आइसकेको छैन। तर हरेक मानिसले सचेत हुन र आफूलाई सुरक्षित राख्नु त आवश्यक नै देखिएको छ। मास्क मात्रै लगाएर हिँड्दा पनि ८० प्रतिशत कोरोनाको संक्रमणबाट बच्न सकिन्छ। 

कोरोना संक्रमितले उपचार पाउन असहज भइरहेको छ। सरकारले सक्दिन भनेर हात उठाएकै हो त ? 
हात नै उठाएको भन्न चाहिँ मिल्दैन। यो विषम परिस्थितिमा अन्य सबै विवाद छोडेर सरकारले जनताको स्वास्थ्य सुरक्षामा ध्यान दिन जरुरी छ। अब धेरै शय्याको कोभिड अस्पताल निर्माण गर्ने काममा अबेर गर्नुहुन्न। पहिलो चरणको लक्षणअनुसारको खोप बनेकाले अहिले त्यति प्रभावकारी भएको छैन। सरकारको व्यवस्थापन गर्ने पक्ष कमजोर र फितलो चाहिँ पक्कै भएको हो।

स्वास्थ्यमन्त्रीले अलि कडा निर्णय लिन जरुरी देखिएको छ। सरकारी अस्पताललाई कोभिड अस्पतालको रूपमा परिवर्तन गर्न जरुरी थियो। बन्द अस्पताल खुलाउने, बिग्रिएका स्वास्थ्य उपकरण मर्मत गरेर सञ्चालन गर्नेलगायतका काम गर्न जरुरी थियो। ठूला–ठूला शय्या भएका मेडिकल कलेज छन्। ती प्रयोगमा ल्याउन सकिन्थ्यो तर, यसतर्फ सरकारको तयारी र ध्यान पुगेको देखिएन। 

कोरोनाको दोस्रो भेरियन्ट कति खतरनाक छ ? यसबाट कसरी सुरक्षित हुन सकिन्छ?
कोरोना भाइरस फ्लु गराउने भाइरस हो। यो परिवर्तन भइरहन्छ। पहिलो भेरियन्टमा ज्वरो आउने, स्वाद हराउने, शरीर दुख्ने, रुघाखोकी लाग्नेलगायतका लक्षण देखिने गरेको थियो। अहिले हरेक संक्रमण भएको मानिसमा फरकफरक लक्षण देखिएका छन्। पखाला लाग्ने, निमोनिया हुने, वाकवाकी लाग्नेलगायत छन्। केही मानिसहरूमा ज्वरो देखिने र केहीमा नदेखिने खाले पनि छ। आउँ परेजस्तो हुने, अन्तिम अवस्थामा मात्रै लक्षण देखिने ब्याक्टेरिया इन्फेक्सनलगायतका लक्षण देखिएकाले पहिलो र दोस्रोमा केही फरक देखिएको छ। प्रत्येक चरणमा यसले आफ्ना विशेषता बदल्छ। यसले गर्दा उचित भ्याक्सिन बन्ने सम्भावना कमै देखिन्छ। सधैंभरि एउटै लक्षण नभए पछि कुन आधारमा भ्याक्सिन बनाउने त भन्ने प्रश्न उब्जेको छ ? एउटा भेरियन्टका लागि बनेका औषधि र खोप दोस्रो भेरियन्टमा काम गर्दैन। यसबाट बच्ने मुख्य कुरा शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युन पावर) बढाउनु र शरीरले भाइरसलाई जित्ने सक्ने बनाउनु नै हो। शारीरिक व्यायाम, स्वस्थ्य र पोषिलो खाना र आत्मविश्वासले नै कोरोना संक्रमणबाट मुक्त हुन सकिन्छ।

कुनै पनि भाइरसको विशेषता के हो भने यसलाई सर्नको लागि माध्यम चाहिन्छ। शरीर कमजोर भएको बेला भाइरस सक्रिय हुन्छ। तर शारीरिक रूपमा मजबुत र बलियो मानिसको इम्युनिटीपावर बलियो हुन्छ यसले गर्दा उसको शरीरमा भाइरस सक्रिय हुन पाउँदैन। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.