वान पिसमा डान्स !
चिसो समयमा पनि ‘वान पिस’ पहिरन ! लगभग सबै अंग देखिने वस्त्र ! वान पिसमा चिटिक्क परेका युवतीहरू ! ऊभन्दा म के कम ? त्योभन्दा म के कम ? नबोले पनि मौन भाषा यसरी नै द्वन्द्वरत देखिन्थ्यो। प्रतिस्पर्धारत सन्दर्भले चिसो वातावरण एकाएक तातेझैं लाग्थ्यो। माहोल तताउने त अझ अर्को दृष्य थियो। वान पिसमा डान्स !
केही दिनअघि माघ महिनाको चिसो रात। होटेलमा रात्रिकालीन विवाहको भव्य समारोह। चिसो माहोलमा पनि एकातिर महिलाहरूको पहिरनको सरगर्मी अनि अर्कोतिर सौन्दर्यताको विशेष आकर्षण। अर्थात् चिसो समयमा पनि ‘वान पिस’ पहिरन ! लगभग सबै अंग देखिने वस्त्र ! वान पिसमा चिटिक्क परेका युवतीहरू ! ऊभन्दा म के कम ? त्योभन्दा म के कम ? नबोले पनि मौन भाषा यसरी नै द्वन्द्वरत देखिन्थ्यो।
प्रतिस्पर्धारत सन्दर्भले चिसो वातावरण एकाएक तातेझैं लाग्थ्यो। माहोल तताउने त अझ अर्को दृष्य थियो। वान पिसमा डान्स ! ‘सबैभन्दा राम्री मै हँ सबैले मैलाई मात्र हेरेका छन्’ भन्ने मानसिकता वान पिस लाउनेहरूमा ज्यादा थियो नै। त्यसमा पनि आफ्ना भारी वस्त्रलाई दुई हातले समात्दै नाँचिरहेका ती युवतीका हाउभाउ। युवतीहरूको शरीरमा वस्त्र त थिए तर लगाएका थिए कि थिएनन् भन्नै गाह्रो परिरहेको थियो।
शरीरमा जिउले धान्न नसकिने कपडा भए पनि अर्धनग्न देखिएका युवतीहरू। आधुनिकताको आडमा आफैंलाई नग्न पार्ने पहिरनहरू लगाउँदा यसै गरमागरम वातावरण थियो। त्यसमाथि एकाएक एउटी युवतीको छातीको भागको माथि घाँटीको पट्टि फुस्कियो। भएन फसाद ! हत्तपत्त दुलही सिँगारेको कोठाभित्र छिरिन् उनी। देखाउनु पर्ने तर आफैंलाई सम्हाल्न नसक्नेहरूको भिडमा यो सामान्य होला।
जे भए पनि आफ्नै पहिरनबाट लज्जित हुनुपर्ने यो अवस्थाले समाजको परम्परा भत्काइरहेझैं लाग्छ। सामान्य महिला होस् वा सेलिबे्रटी नै किन नहोस् ? देखावटी र राम्रो बन्ने चाहमा धैरै युवती नग्न बन्नु परेको छ। एकान्तमा हुने नग्नको अर्थ नरहला तर बिच सडकमा अनि मेलामै यस्तो दृष्य देखिनुलाई कसरी पचाउनु ?
केही समयअघि सामाजिक सञ्जालमा कपडाकै कारण पे्रमीबाटै दु:ख पाएकी एक पे्रमिकाको हाल बेहाल भएको थियो। अंग नै नछोप्ने पहिरन लगाएर किन बेइज्जत हुन्छन् युवतीहरू ? शरीरका लागि ढाडस बन्नु पर्ने कपडा किन शरीरबाटै छुट्टिँदैछन् ? भिडमा एक्लो बनेर अनुत्तरित प्रश्नको उत्तरको खोजीमा रुमलिएँ।
लाग्छ, वस्त्र त्यो अस्त्र हो जसले शरीरको लाज छोप्छ। शरीरलाई सौन्दर्य दिन्छ अनि आत्मविश्वास बढाउँछ। पहिले त कपडा शरीर छोप्न लगाइन्थ्यो। अहिले भने पहिरन फेसनका लागि लगाइन्छ। बदलिँदो समयसँगै फेसनको अहिले माग अहिले निकै बढिरहेको छ। राम्रो हुनु अरूका लागि आफू आकर्षण बन्नु सबैको चाहना हुन्छ। आकर्षणका नाममा आफूलाई नग्न पार्नु र फेसनको आडमा निर्वस्त्र बन्नु समाजका लागि कति हानिकारक छ ? के वान पिसमा सजिने सौन्दर्यका पर्यायवाचीलाई कही कतै छोला ?
बिकनी आडमा नांगो शरीर खुलेआम हिडाइन्छ, देखाइन्छ, तरुनी राखेर क्याटवाकको नाममा। त्यही क्याटवाकको बहानामा हामी संसार जित्ने कोशिष गर्छौं। आज फेसनको आडमा नांगो शरीर लिएर हिँडिरहेका छौं। यतातिर दिनदिनै बढेको महिला हिंसाका खबरहरू समाजलाई खलबलाइरहेको बेला महिलाका अर्धनग्न तस्विरहरू सामाजिक सञ्जालमा हालेर राम्रो छु भन्छन्। समाज तर पनि चुपचाप छ।
विदेशमा बसेर आधा पहिरन कपडा लगाएर फोटो हालेर विदेशी बन्छन् नेपाली चेलीहरू ! एक लाइक पाउन निर्वस्त्र बन्छन् चेलीहरू ! परिवर्तन हुनु पनि पर्छ तर आडम्बरी बन्नु चाहिँ राम्रो होइन।
बेलाबेलामा नायिकाहरूको पहिरन जो आकर्षण त देखिन्छ तर लाज छोप्न लगाएको वस्त्रले सबै भित्री अंग देखिन्छ। केही दिन अगाडि बलिउड नायिका प्रियंका चोपडाको पहिरनले निकै तहल्का मचाएको थियो। बिस मिटरको कपडा लगाए पनि अंग कतै नछोपिएको पहिरनले उनी माथि उनको फ्यानहरूले निकै विवाद गरेका थिए।
विदेशमा बसेर आधा पहिरन कपडा लगाएर फोटो हालेर विदेशी बन्छन् नेपाली चेलीहरू ! एक लाइक पाउन निर्वस्त्र बन्छन् चेलीहरू ! परिवर्तनका लागि लगाउनु राम्रो हो। परिवर्तन हुनु पनि पर्छ तर त्यसको नाममा आडम्बरी बन्नु चाहिँ राम्रो होइन। अहिले धैरै डिजाइनरहरूले पनि अहिले कपडालाई बिगारेर बहुरूपी बनाइरहेका छन्। फेसनको आडमा कपडालाई पनि नांगो बनाइदिएका छन्। लगाउनेहरूलाई पनि आधा शरीर मात्र ढाक्ने तरिकाले तयार पारिरहेका छन्।
अहिले त लामो शरीर ढाक्ने कपडा लगायो भने पाखे हुन्छ रे ! समय अनुसार चल्नुपर्छ रे। तर समयले कहिल्यै पनि नांगो हो भन्दैन। हामी परिवर्तन त भयौं तर नांगिएर। मर्यादामा रहेर चल्नुपर्छ भन्ने त सबैलाई ज्ञात होला नै। समाजले पनि यही भन्छ। हामी पचास रुपैयाँको जुत्ता लगाएर पाँच लाखको धाक लगाउने परम्परा बसेका कारण दु:ख पाइरहेका छौं।
घरघरको फेसन आज विकृतितिर ढल्किरहेको छ। यसैकारण धैरै आलोचित पनि बन्नु परेको छ। फेसनको आडमा नंग्याउने र नांगो हुने जुन जोडतोड र होड भइरहेको छ। यसले समाजलाई खति नगर्ला भन्न सकिँदैन। फेसन समाजका लागि अभिसाप नबनोस्।
दुशासनले राजसभामा द्रौपदीको वस्त्र उतार्न खोज्दा उनले कृष्णलाई भनेकी थिइन्, ‘नारीको शरीरलाई हावाले पनि छँदैन अनि घामले पनि देख्न पाउँदैन तर आज मेरो पूरा शरीर निर्वस्त्र हँदैछ कृष्ण मेरो लाज बचाऊ।’ नारीको अस्तित्व उसको अनुशासन हो। यसैले पहिले पहिलेका नारीहरू बिहानी झिसमिसेमै नुहाउने गर्दथे।
स्नान गरेर धोती बेरेर चौबन्दी चोलो लगाएर आफूलाई सुन्दर राख्थे। पटुकी बेर्थे। उनीहरूको शरीरलाई हावाले पनि छुँदैन थियो, घामले पनि हेर्दैन थियो। आज यो सम्भव छैन। सम्भव नभए पनि आधुनिकताको आडमा निर्वस्त्र हुनु जरुरी छैन। लाज छोप्नका लागि हामी कपडा लगाउँछौ कि
अंग देखाएर हिँड्नका लागि पहिरन लगाउँछौं ? हामी नै दोमनमा छौं।
नायिकाहरू कुनै कार्यक्रममा जाँदा भुइँभरी लतारेको कपडा लगाउँछन्। माथि निर्वस्त्र छाती देखिने कपडा फेसनको आडमा शरीरलाई निर्वस्त्र राख्नु कति सही होला ? समाजका मुख्य पात्र हुन् नायिका तर उनीहरू नै आडम्बर बढी। आज फेसनको दुनियाँ डरलाग्दो बनेको छ। यो कठिनाई पनि बन्दै गइरहेको छ।
एकचोटी बसबाट ओर्लर्दा तीनकुनेमा स्कटको फित्ता फुस्किँदा ती युवतीको हालत खराब भएको थियो। बिच सडकमा अर्धनांगा कपडाहरू लगाएर हिँड्न बन्देज नै लगाउनु पर्छ भनेर बसका वृद्धहरू कराएका थिए। टेलिभिजन र सामाजिक सञ्जालहरूमा देखाइने फेसन हाउभाउको आडमा चलाइन्छ। दु:ख पनि लाग्छ, अचम्म पनि। साना नानीहरूको फेसन सोमा छोरीलाई आमाले नै बिकनी किनिदिएर स्टेजमा उतार्न तयार छन् ! परिवर्तनको नाममा छोरीचेलीको नग्न तस्विर हेर्न बाध्य पार्छन् अभिभावक। अनि दोष दिन्छन् समाजलाई।
मौसम र समय अनुसार पहिरनले हरमानवमा नयाँ जोस उत्पन्न गराएको हुन्छ। त्यसो त सौन्दर्यता र फेसनले शरीरलाई फुर्तिलो र आत्मबल पनि बढाउँछ। मान्छेको परिचय पोशाकले पनि झल्काउँछ तर पोशाकको नाममा पोशाकलाई नै बदनाम भने गराउनु बुद्धिमानी हुन्न कि ? शरीरलाई नंग्याउने प्रयास नगरौं, कम्तिमा कम गरौं। पाश्चात्य मुलुकका फेसन घरभित्र हुलेर आफूलाई नंग्याउँदैमा केही हुँदैन। भ्रममा बाँच्नु आफूलाई मार्नु हो।
फेसन आफ्नो ठाउँमा छ। फेसनमा चल्नु त पर्छ नै समय अनुसार तर समय अनुसारको फेसन यस्तो बढ्दो छ कि जो समाजलाई भार भइरहेछ। सीमा नाघेपछि के हुन्छ ? भन्नपर्छ र ? सबैलाई थाहै छ, दुध उमाल्नुपर्छ तर धेरै उम्लियो भने पोखिन्छ। फेसन एउटा दौड हो जुन हरहमेसा परिवर्तन भइरहन्छ। समय अनुसार फेसन दुई गुणाले बढिरहेको पनि छ तर यही फेसनको दौडमा धैरै नराम्ररी फसेका पनि छन्। सुन्दर हुन पाइयो तर सुन्दरताको आडमा नग्न हुन पाइँदैन।
अहिले समाजमा पहिरनमाथि निकै विवाद भइरहेको छ। सौन्दर्यताको नाममा थुप्रै सुन्दरी प्रतियोगिता हुन्छन्। स्टेजमा उतारिन्छ, हिँडाइन्छ। के त्यसैलाई सुन्दर भन्दै मख्ख परिरहने त ? भ्रममा बाँच्नुभित्र बाँच्नुको कुनै तुक हुँदैन।
समय अनुसार परिवर्तन हुनु जरुरी छ। भइरहेको छ तर यसको आडमा आफ्नो पहिचान परिचयलाई चाहिँ मर्न दिनु भने भएन। विद्यालयमा हरियो कुर्तासलवार र सल नारीको पहिचान थियो तर आज यो कपडा फेरिएर आधुनिक भएको छ पाइन्ट र सटमा। सरकारी कार्यालयदेखि बैंकहरू सबै ठाउँमा अहिले पोशाक फेरिएका छन्। सजिलो र राम्रो पहिरन लगाउनु राम्रो हो तर छाडापन भने भित्र्याउनु भने हँदैन। हाम्रो परम्परा हाम्रो संस्कृति कता जाँदैछ ? हामीले अरूको देखासिकी गर्दा आफ्नो परिचय नास हुँदैछ कि भन्ने कुराको चाहिँ हेक्का राख्नै पर्छ।