राहत बाँड्दै घर–घर

राहत बाँड्दै घर–घर

हेटौंडा : मानवीय सेवामा जुट्ने सहयोगीमध्ये एक हुन्, हेटौंडा–६ का केदारप्रसाद चौलागाईं। जिल्लामा कोभिड–१९ विरुद्धको अभियानमा जनचेतना जगाउनेदेखि राहत र उद्धारमा चौलागाईं सक्रिय छन्। मास्क, स्यानिटाइजर बोकेर गाउँ–गाउँमा पुग्न होस् या सडकमा अलपत्र परेका नागरिकको उद्धार गर्न उनी पुगेकै हुन्छन्। त्यसैगरी आइसोलेसनमा आवश्यक खाद्यान्न, पानी लिएर पुग्ने गरेका छन्। 

उनले कुनै दाताबाट सहयोग रकम उठाएका छैनन्। आफूसँग जोडिएका साथीहरूबाट स्वतस्फूर्त सहयोग जुटाएर सहयोग गर्दै आएको चौलागाईंले बताए। कोडिभ–१९ संक्रमणको जोखिम कम गर्न अघिल्लो चैतमा सरकारले लकडाउन गर्ने निर्णय लियो। यातायात अवरुद्ध भएपछि कैयौं यात्रु अलपत्र परे। त्यति बेला उनले सडकमा अलपत्र परेका यात्रुको सेवा गरे। ‘कति जना वृद्धवृद्धा त थाकेर हिँड्न नसक्ने भेटिनुहुन्थ्यो, काँधमा बोकेर गाडी चढायौं’, उनले भने, ‘वृद्धवृद्धा र सुत्केरी महिलालाई सेवा गर्न पाउँदा ज्यादै आनन्द मिल्थ्यो।’ 

सहयोगी मनले समस्यामा परेकालाई घर पुर्‍याउन जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिएर गाडी सञ्चालन गरेको थियो। जिल्ला समन्वय समितिले सञ्चालन गरेको होल्डिङ सेन्टरसँगको समन्वयमा त्यहाँ आइपुगेका व्यक्तिहरूको सेवा गरिन्थ्यो। उनीहरूलाई खाना खुवाउन सहयोगी मनको साथमा श्रीकृष्ण प्रणामी सेवा समाज पनि थियो। उक्त समाजले कुनै समय त एकै दिन ६ सयभन्दा बढीलाई सेवा दिएको अध्यक्ष चौलागाईंले बताए। सामाजिक सञ्जालमा राखिएका उनका नम्बरमा विपद्का बेला रात–बिहान जुनसुकै समय पनि विभिन्न किसिमका सहयोगको अपेक्षा गर्दै फोन आउँथ्यो। मकवानपुर मात्र होइन, सहयोग माग्दै फोन आएका अन्य जिल्लामा पुगेर पनि राहत दिइन्थ्यो। सबै काम बन्द भएपछि दैनिक ज्यालादारीबाट जीविका चलाउनेहरू मारमा परेका थिए।

विपन्न तथा मजदुरी गर्ने परिवारकालाई घरमै पुगेर राहत वितरण गरिएको थियो। सुत्केरी परिवारलाई तेल, पौष्टिक आहारसहितको राहत प्याकेज थियो। यसरी मानिसको सेवामा जुट्दै गर्दा सहयोगीहरू भने आफ्नै समाजबाट अपहेलित हुनुपथ्र्यो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.