साना उद्योगका १५ थान अक्सिजन सिलिण्डर अर्घाखाँची अस्पतालमा
सन्धिखर्क : अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेका घरेलु तथा साना उद्योगहरुले प्रयोग गरेका १५ थान अक्सिजनसहितका सिलिण्डर अर्घाखाँची अस्पतालमा लगिएको छ । कोभिड १९ को संक्रमण दिन प्रतिदिन बढेसँगै जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीको नेतृत्वमा खटिएको प्रहरी टोलीले साना तथा घरेलु उद्योगमा प्रयोग गरिरहेका १५ थान अक्सिजन सिलिन्डर व्यवसायीकै सहमतिमा अर्घाखाँची अस्पतालमा लगेको हो ।
उक्त अक्सिजन सिलिन्डर ग्यास प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमलाई हस्तान्तरण गरेका छन् ।