ट्याक्टरबाट हाम फाल्दा एक जनाको मृत्यु

ट्याक्टरबाट हाम फाल्दा एक जनाको मृत्यु

बेनी : म्याग्दीको बेनी नगरपालिका-५ पुलाचौरको पुरुण्डीमा ट्याक्टरबाट हाम फाल्दा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

बेनीदेखि पुलाचौरतर्फ जाँदै गरेको लु ४ त ६४०४ नम्बरको ट्याक्टरबाट हाम फाल्ने क्रममा भीरबाट लडेर पुरुण्डीका ३८ वर्षीय दलबिर परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ। 

परियारको सोमबार राती घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले बताए। उकालो सडकमा उक्लन नसकेको ट्याक्टर पछाडितर्फ गुड्न थालेपछि भाग्ने क्रममा परियार भिर भएको डिलतर्फ हाम फालेका थिए।  

परियारसँगै ट्याक्टरको ढालामा चढेका अन्य दुई जनाले कुनातर्फ हाम फालेका थिए। चालकले पछाडितर्फ १८ मिटरसम्म ब्याक हुदाँसमेत ट्याक्टरलाई नियन्त्रणमा राखेका थियो। चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको र मृतकको शव बेनी अस्पतालमा परीक्षण गरी मंगलबार परिवारलाई जिम्मा लगाएको प्रहरी निरिक्षक चौधरीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.