रिसिइबी साध्न निम्तालुको हत्या

रिसिइबी साध्न निम्तालुको हत्या

बेनी : हराएको १२ दिनपछि ओडारमा शव फेला परेका म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका धजेन्द्र पुनको हत्या भएको खुलेको छ । २०७८ वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्रको वैशाख २५ गते देबिस्थानको मार्चुला सामुदायिक बनको बराहथानस्थित ओडारमा ढुङ्गाले अठ्याएको अवस्थामा शव फेला परेको थियो । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीले पोखराबाट पक्राउ परेका धजेन्द्रको हत्या आरोपी पाँच र देविस्थानकै बलात्कार घटनामा संलग्न एकजनालाई मंगलबार बेनीमा सार्वजनिक गरेको छ । देविस्थान घर भई हाल पोखरा बस्ने २१ वर्षीय भेषबहादुर विक र रामबहादुर परियारले अन्य तीनजनाको सहयोगमा धाजेन्द्रको हत्या गरेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले बताए । 

वैशाख १४ गते भेषबहादुरका दाजुको विवाहमा निम्तो मान्न गएका धजेन्द्रको हत्यामा संलग्न अन्य तीनजना १८ वर्षभन्दा कम उमेरको देखिएकाले नाव सार्वजनिक नगरिएको प्रनाउ राइले बताए ।  पाँच‍जनाले कुटपिट गर्ने क्रममा ज्यान गएपछि भेषबहादुरको घर नजिकैको जंगलको ओडारमा लगेर शव लुकाएका थिए । 

भेषबहादुर र धजेन्द्रको पुरानो रिसिइवी भएको बुझिएको छ । कुटपिट गर्ने क्रममा धजेन्द्रको मृत्यु भएपछि ओडारमा शव लुकाएर चार जना पोखरा गएका थिए । एक जना गाउँबाटै पक्राउ परेका हुन् । टाउको र कुम देखिएको अवस्थामा शव भेटिएपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । 

धजेन्द्रसँगै वैशाख १४ गतेबाट सम्पर्कविहीन भएका अभियुक्तले घटनास्थलमा छाडेको मोवाइल सेट, घाँटी अठ्याउन प्रयोग भएको चार्जरको कनेन्टर तार र उनीहरुको पुरानो सम्बन्धलाई आधार मानेर प्रहरीले अनुसन्धान गरेको थियो । मृतक र उनका बुवासँग भेषबहादुरको पुरानो रिसिइबी थियो । मृतकका दाजु तिलक पुनले प्रहरीमा जाहेरी दिएका थिए ।

देविस्थानमै वैशाख १४ गतेनै ११ वर्षीया बालिका बलात्कार गरी फरार भएका सोही ठाउँका २१ वर्षीय विजय विकलाई पनि हत्याका आरोपीसँगै प्रहरीले सार्वजनिक गरेको छ । ती बालिका पनि हत्या आरोपी भेषबहादुरका दाजुको विवाहमा गएको अवस्थामा विजयले एक सय रुपैयाँ दिएर बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । 

विवाहस्थल नजिकै बालिका बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सन्तोष पौडेलको टोलीले हत्या र बलात्कारका आरोपीलाई पोखराबाट पक्राउ गरेको थियो । अपराध संहिता अनुसार १० देखि १४ वर्ष उमेरकी बालिका बलात्कार गर्नेलाई १८ देखि २० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । 

हत्यामा संलग्नलाई जन्मकैदको सजाय हुने कानुनी व्यवस्था छ । उनीहरु छजनालाई सोमबार नै म्याग्दी जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन थप भएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.