५१ वर्ष लागिन् पूजा

५१ वर्ष लागिन् पूजा

मुम्बई : कबिर बेदीकी छोरी तथा बलिउड अभिनेत्री पूजा बेदीले मे ११ मा आफ्नो ५१औं जन्मदिन मनाएकी छन् । उनी केही वर्षदेखि ठूलो पर्दा र मिडियाभन्दा टाढा बसेकी छन् । 

कुनै समय यस्तो थियो पूजा आफ्ना फिल्मभन्दा पनि बोल्डनेसका कारण चर्चामा रहने गर्थिन् । उनले ९० को दशकमा फिल्ममा अभिनय गरेकी थिइन् । त्यतिबेला पूजाले आफ्नो बोल्ड लुकले सबैलाई आकर्षित गरेकी मात्र थिइनन् विवादमा पनि धेरैें पर्ने गरेकी थिइन् । 

१९९१ मा पूजा बेदी एउटा एडल्ट विज्ञापनमा बोल्ड अवतारमा देखिएकी थिइन् । त्यतिबेला यो विज्ञापन दूरदर्शनमा ब्यान्ड भएको थियो भने बाँकी च्यानलले पनि प्रसार गर्न मानेका थिएनन् । पूजाले कन्डमको विज्ञापनमा काम गरेकी थिइन् । कन्डमको एडमा देखिने उनी पहिलो बलिउड अभिनेत्री थिइन् । 

त्यसपछि उनी चर्चामा आएकी हुन् । उनले त्यतिबेला धेरै आलोचना पनि सहनुप¥यो । यो एडमा उनको साथमा मोडल मार्क रविनसन थिए । पूजाले १९९१ मा फिल्म ‘विषकन्या’ बाट बलिउडमा पाइला राखेकी थिइन् । उनले आमिर खानको फिल्म ‘जो जिता वही सिकन्दर’ बाट चर्चा कमाएकी हुन् । यो फिल्ममा पूजाले एउटी आधुनिक र बोल्ड युवतीको भूमिका निर्वाह गरेकी थिइन् ।

फिल्ममा पूजाले आमिरसँग किस सिन दिएकी थिइन् । त्यसपछि पूजाले केही फिल्ममा काम गरिन् । उनले लुटेरे, फिर तेरी कहानी याद आए, आतंक ही आतंक र शक्तिजस्ता फिल्ममा काम गरिन् । पूजाले आफ्नो करिअरको सुरुआतमा हिट फिल्म खेलिन् तर टिकिरहन सकिनन् । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.