खोप र परीक्षणको दायरा बढाउन उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश

खोप र परीक्षणको दायरा बढाउन उच्च अदालत तुलसीपुरको अन्तरिम आदेश

दाङ : कोरोना कहर बढिरहेको समयमा कोरोना महामारीको व्यवस्थापनमा स्थानीय र प्रदेश सरकारले चासो नदिएको भन्दै परेको रिटमा उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश जारी गरेको छ ।  प्रदेश सरकार र स्थानीय सरकारलाई सहज उपचार र परीक्षणको व्यवस्था तत्काल गर्न आदेश दिएको हो ।  अदालतले नागरिकलाई औषधि र अक्सिजनको आपूर्ति सहज बनाउनु,स्वाब संकलन र पीसीआर परीक्षणको दायरालाई व्यापक विस्तार गर्नु, सुविधा सम्पन्न क्वारेन्टाइन, आइसीयू, भेन्टिलेटरको उपयुक्त व्यवस्थापन गर्नुलगायत बजार अनुगमन गर्न गराउन आदेश गरेको हो।

अदालतको आदेशमा हालसम्म कोरोनाविरुद्धको खोप लगाएका र पीसीआर जाँच गराएकाबारे पनि लिखित जवाफ पेश गर्न भनिएको छ। यस्तै स्वाब संकलन केन्द्रबारे र निशुल्क पीसीआर परीक्षण गराएकाको विवरणबारे पनि लिखित जवाफ पेश गर्न भनिएको छ  ।

मुख्यन्यायाधीश निता गौतम दीक्षितको एकल इजलासले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगपालिका, लमही नगरपालिका, जिल्ला प्रशासन कार्यालय दाङ, स्वास्थ्य कार्यालय दाङ ,जिल्ला कोभिड –१९ संकट व्यवस्थापन संचालन केन्द्र , जिल्ला विपत्त व्यवस्थापन र लुम्बिनी प्रदेश सरकारबाट स्थापना गरिएको कोरोना भाइरस (कोभिड)–१९० नियन्त्रण तथा कोषबाट हालसम्म दाङ जिल्लामा भए गरेका कामकारबाहीको विवरण संलग्न गरी जेठ ९ गते भित्र लिखित जवाफ पेश गर्नु भनी म्याद सूचना गर्न आदेश दिएको हो 

 
रिट निवेदक अधिवक्ता बिष्णुमणी धिताल,रबिन्द्रकुमार धिताल, मधुसुदन गौतम र नागरिक अगुवा तथा पत्रकार सुशील बस्नेत, टेकनाथ आचार्यले उच्च अदालत तुलसीपुरमा रिट दायर गरेका थिए। निवेदकको तर्फबाट अधिवक्ता विष्णुमणी धिताल, रबिन्द्रकुमार धिताल र मधुसुदन गौतमले बहस गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.