अक्षय तृतीया र सातुको महत्व

अक्षय तृतीया र सातुको महत्व

हिन्दू संस्कृतिमा धर्मका विविध पक्षहरू छन्। जसरी दक्षिणायमा पर्ने शुक्ल र कृष्ण पक्षमा आआफ्नै किसिमका पर्वहरू पर्छन् भने त्यस्तैगरी वैशाख महिनामा पर्ने उत्तरायणको मध्यभागमा पर्ने वैशाख शुक्ल तृतीया तिथिको एउटा महत्वपूर्ण धार्मिक स्थान राख्दछ। अक्षय तृतीया तिथिकै नामबाट पर्वभरका अत्यन्त पवित्र दिनमध्ये एक मानिन्छ। यससँग जोडिएको धर्मशास्त्रीय धारणअनुरूप यस दिन गरिएको सानोतिनो दानधर्म अविनाशी भएर रहन्छ। जसले गर्दा यसको नाम नै अक्षय रहन गर्‍यो।

विश्वको एकमात्र हिन्दू देश नेपालले यस पर्वलाई पवित्र चाडका रूपमा मनामदै आएको छ। यस पर्वमा स्नानका साथै जौ हवन, जौबाट बनेका सातु दान र पितृका निम्ति श्राद्धजस्ता कार्यहरू पर्दछ। नयाँ वर्षको आरम्भसँगै आउने यो चाड गर्मी मौसममा आउने भएको हुँदा उपयोगी जुत्ता, छाता, लठ्ठी, कमण्डलु आदि वस्तुहरूको साथै खुदोको सर्वत दान गरिने प्रचलन अद्यावधिक नै छ। खास गरेर यस दिन पहाडी भेगका देउराली थुम्काहरूमा जौको सातु र सर्वत खुवाउने प्रचलन आजसम्म पनि छ।

नयाँ वर्ष सुरु हुने वैशाख महिनाको नाम माधव पनि हो र माधव विष्णुको पनि प्रसिद्ध नाम हो। जुनसुकै धर्म व्रत, तीर्थ गरिन्छ त्यसले धर्म मात्र प्राप्त नभएर सामाजिकका साथ आरोग्यलाई पनि छोएको वा आत्मसाथ गरेको पाइन्छ। जसरी नागपञ्चमीमा हरियो मकै चढाएर वा दान गरेर मात्र खाइन्छ त्यस्तैगरी यस महिनामा पाक्ने गहुँ, जौ, चना, मटरजस्तै हिउँदे बालीलाई भित्र्याएर दान गरी खाने परम्परा वैदिककालदेखि नै सुरुआत भएको हो। धर्मशास्त्रमा दानमा सबैभन्दा ठूलो दान अन्न दान हो भनिएको छ। गर्मी याममा जलका मुहानहरू सुक्दै गएका हुन्छन्। यस्ता अवसरमा प्राणी मात्रलाई नभै नहुने जल ख्याउने चलन व्यापक छ।

यस दिन प्राणी मात्रको जीवन अन्न र जलमा अडेको कुरालाई स्मरण गर्दै अक्षय तृतीया पर्वमा प्राचीन कालदेखि नै बाटोघाटोहरूमा जौको सातु सर्वत बटुवाहरूलाई ख्याउने प्रचलन धेरै पहिलेदेखि भएको हो। धार्मिक शास्त्रअनुरूप कालचक्रको गणना गर्दा कात्तिक शुक्ल नवमीका दिनदेखि सत्ययुगको आयु १७ लाख २८ हजार, वैशाख शुक्ल नवमीमा त्रेतायुगको आयु १२ लाख ९६ हजार, माघको पूर्णिमादेखि द्धापर युगको आयु ८ लाख, ६४ हजार र भदौ कृष्ण त्रयोदशीदेखि कालियुग सुरु भएको पाइन्छ जसको आयु ४ लाख ३२ हजार वर्ष रहेको छ। अतः पृथ्वीको सृष्टि भएको एक अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय २२ वर्ष भइसकेको छ। यसमा ५ हजार १ सय २१ वर्ष कलियुगको वर्ष समाप्त भई अब ५ हजार १ सय २२ वर्षमा प्रवेश गरेको छ र अब कलियुगको आयु ४ लाख २६ हजार ८ सय ७८ वर्ष समाप्त हुन बाँकी छ। यो युग परिवर्तनका दिनहरू पुण्यकाल मानिन्छ।

यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्वतले प्यास मेटाइ शीतलता प्रदान गर्दछ। सातु अर्थात् पिसेको अन्नको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि आडिलो खानेकुरा हो।

यसरी राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन्। यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए। अन्न र पानी प्राणी मात्रका लागि नभै नहुने वस्तु हो। त्यसकारण प्राणीमात्रको जीवन अन्न पानीमा बाँचेको छ। धुप मौसममा चिसो पानीको सर्वतले प्राणी मात्रको आँत रसाउँछ। जौको उपयोगिता र गुण सम्बन्धमा के प्रसिद्धि छ भने फल पाकेपछि बोट सुक्ने औषधिहरूमा यसको श्रेष्ठ स्थान छ। आयुर्वेदमा पनि जौको गुणबारे भनिएको छ, यो टर्रो, केही मधुर, खुर्कने स्वाभाव र नरम पनि बताइएको छ। यसले स्वर विकार पार्ने कण्ठरोग, चर्मरोग, श्वास र कफ रोगलाई पनि फाइदा पुर्‍याउँछ।

अक्षयको शुभ अवसरमा वैवाहिक सम्बन्ध कायम गन्नाले पनि ठुलो पुण्य प्राप्त हुन्छ भन्ने धारणा पाइन्छ। यसै समयमा विवाहका शुभ मुहूर्तका साइत परेको हुन्छ। यसै घडीमा विवाह भएका नवदम्पतीहरूको दाम्पत्य जीवन सधैं सफल नै रहने जनविश्वास छ। तिथिको फरक नपरेको खण्डमा प्रायः वैशाख शुक्ल तृतीयामा भगवान् विष्णुका छैटौं अवतारको रूपमा चिनिएका परशुरामको जन्म जयन्ती पनि यसै दिनपर्छ। जसको जन्म त्रेता युगमा भएको थियो। अष्टचिरञ्जीवीमध्ये एक परशुरामको जन्म जमदग्निका पुत्रका रूपमा रेणुकाको गर्भबाट छ ग्रह उच्च स्थानमा भएको बेला सन्ध्याकालमा भएको थियो। यसले गर्दा पनि यस दिनको महत्व अझ बढी छ।

अन्त्यमा, वैशाख महिनाको प्रचण्ड खडेरीमा अन्न दान, जल दान आदि गर्नु अवश्य नै महत्वपूर्ण कुरा हुन्। अतः भविष्य पुराणअनुसार यस तिथिको युगादि तिथिहरूमा गणना हुन्छ। सत्य युग र त्रेता युगको प्रारम्भ यसै तिथिबाट भएको थियो। भगवान् विष्णुले नरनारायण, ह्याग्रीव र परशुरामको अवतरण पनि यसै तिथिमा भएको थियो। अक्षय तृतीया पर्व सातु–सर्वत दान गरेर र आगन्तुकहरूलाई यी खाद्यवस्तु खुवाएर मनाइन्छ। यस मौसममा फल्ने जौको सातु पौष्टिकताले भरपूर हुन्छ भने सर्वतले प्यास मेटाइ शीतलता प्रदान गर्दछ। सातु अर्थात् पिसेको अन्नको धुलो जुन बोक्न सजिलो, खानलाई सहज अनि आडिलो खानेकुरा हो। कृष्ण र सुदामाका प्रसंगदेखि पौराणिक काल अनि मानव सभ्यताका विभिन्न चरणमा सातु एउटा भरपर्दो र बोक्न सजिलो सामल हो। आजको दिन सातु खाने दिन हो। नयाँ ज्वाईंले ग्रागीमा सर्वत र थालमा जौको सातु पाउनुपर्छ। यही नै अक्षय तृतीयाको शाब्दिक अर्थ र आफ्नो धर्म र संस्कृतिको जर्गेना गर्नु हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.