बिजुली नियमित आउँदैन, आइसीयू र भेन्टिलेटर प्रयोगविहीन, बिरामी मारमा

बिजुली  नियमित आउँदैन, आइसीयू र भेन्टिलेटर प्रयोगविहीन, बिरामी मारमा

दैलेख : दैलेखमा पहिलो पटक २०७७ जेठ ५ गते आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भयो । त्यसयता झण्डै एघार महिनाको अधिमा जिल्लामा दुई हजार एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म एक हजार ७ सय ६६ जना कोरोनाका बिरामी निको भइसकेका छन् । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ८८ छ । तीमध्ये ३३ जना मात्रै दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् ।

३ सय ५५ जना घरमै छन् । जिल्लामा कोरोना संक्रमणका बिहीबारसम्म १६ जनाले ज्यान गुमाइसकेका छन् । बुधबार थप दुईजनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो । वैशाखयता दैलेखमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दिनानुदिन बढ्दै गएको छ । दैनिक नयाँ संक्रमित थपिने क्रम जारी छ । मृत्युदर पनि बढिरहेको छ । कोरोनाका बिरामी भेन्टिलेटरमा राखेर उपचार गर्ने खालका छन् । दैलेख अस्पतालमा भेन्टिलेटर पनि छ तर त्यसको सदुपयोग छैन। 

झन्डै एक वर्षअघि ल्याइएको भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका छन् । गत भदौमा भेन्टिलेन्टर जडान गरिएको थियो । दैलेख अस्पतालमा २ वटा भेन्टिलेटर मेसिन र पाँच बेडको आइसीयू छ । तर दुर्भाग्यः कोरोनाको संक्रमण तीव्ररुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आइसीयू र भेन्टिलेटर प्रयोगविहीन बनेका छन् । 

अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा पूर्वाधार विकास गरिएको थियो । महामारीकै बेला स्वास्थ्य सेवा कार्यालय अन्तरगर्तको दैलेख अस्पतालमा भेन्टिलेन्टर जडान गरिएपनि हालसम्म सञ्चालनमा आउन सकेका छैन् । दक्ष जनशक्ति नुहँदा भेन्टिलेन्टर सञ्चालमा ल्याउन नसकिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए ।  

प्रदेश र संघीय सरकारले भेन्टिलेटर चलाउने विशेषज्ञ चिकित्सक नपठाएपछि त्यत्तिकै थन्किएका दैलेख अस्पतालका डा. जगत थापाले बताए । ‘भेन्टिलेटर छ, तर भेन्टिलेटर बिरामीलाई सुर्खेत तथा नेपालगंज पठाउनुपर्ने बाध्यता छ,' डा. थापा भन्छन्, ‘भेन्टिलेटर चलाउने जनशक्ति, औषधि र अरू सामग्रीको अभाव भएपछि त्यत्तिकै थन्क्याएका हौँ ।’ अस्पतालमा नियमित विद्युत आपूर्ति नहुँदा झन् समस्या परिरहेको डा. थापाको भनाइ छ ।

भेन्टिलेटरसहितको आइसीयू सेवा सञ्चालनमा आएपछि जटिल प्रकारका बिरामीहरुको उपचारमा सहज हुने बताइएपनि भेन्टिलेन्टर थन्किँदा बिरामी मारमा परेका हुन् । त्यसबेला संघीय सरकारको एक करोड बजेटबाट भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आइसीयू) का उपकरणहरु जडान गरिएको थियो । स्वास्थ्य सेवा कार्यालयका अनुसार झण्डै ९५ लाख रुपैयाँ लागतमा भेन्टिलेटरसहितका सघन उपचार कक्ष (आईसीयू) का उपकरणहरु जडान गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.