माग्दैछ देश कर्म
यो देश मेरो सुनको छानो लगाई हिँडेको
चट्टानको छाती पहरा पोते गुराँसको सिन्दुर
देशका शोभा हिराझैं हिमाल गहना लगाई
पहाड तराई देशको हरपल महिमा जोजाई ।
हेर त घाम बिहानी आउँछन् जगत् रक्षार्थ
पवन पनि त चल्दछ हरपल प्राणीको रक्षार्थ ।
अन्नको स्वरूप फलिभूत हुन्छ जीवन जोगाउन
फलफूल फल्छन् नखाई आफू प्राणीलाई बचाउन ।
हामी नि देशको रक्षार्थ हरपल जिउज्यान दिऊँ है
निःस्वार्थ बनौं सत्कर्म गरौं नबनौं स्वार्थी है ।
पाइन्नँ गर्न सत्कर्म हतपत मानवको जुनीमा
यो बेला सायद मागेको छ है सत्कर्म भूमिमा ।
यसैले मानव धर्मलाई निभाई ईश्वर बनौ है
मानिसका आँसु पुछेर धर्म कर्ममा भरौं है ।