दुर्गममा किट अभाव : परीक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता

दुर्गममा किट अभाव : परीक्षण बिनै उपचार गर्नुपर्ने बाध्यता

सुर्खेत : कोरोना परीक्षणमा किट अभाव भएको छ। एन्टिजेन किट अभाव हुँदा दुर्गममा बढी समस्या भएको हो। जिल्ला सदरमुकाम र जिल्ला अस्पतालमा पनि किट अपुग छ। किट अभावकै कारण परीक्षण विनानै बिरामीको उपचार गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

दुर्गमका लागि एन्टिजेन किट नै प्रभावकारी हो। तर यो किट अभाव भएपछि पीसीआर परीक्षण गर्नुपर्ने अवस्था छ। पीसीआर परीक्षणका लागि जिल्ला बाहिर स्वाब पठाउनुपर्ने र रिपोर्ट आउन पनि ढिला हुने भएकाले संक्रमण थप फैलिने जोखिम बढेको हो। 

दुर्गमका लागि एन्टिजेन किट नै उपयुक्त भएकाले यसको व्यवस्थापन गरिदिन स्वास्थ्यकर्मीले माग गरेका छन्। तर स्थानीय सरकारले हालसम्म किट खरिद नगरेकाले थप समस्या भएको हो।

‘संक्रमण समुदायमा पुगिसक्यो, अब स्थानीय तहमै परीक्षण गर्नुपर्छ। तर स्थानीय तहमा अझै किट आइपुगेको छैन’ जिल्ला अस्पताल मुगुका डाक्टर कविराज पौडेलले भने, ‘अहिले जिल्ला अस्पतालकै किटले काम चलाएका छौं, तर गाउँमा परीक्षण गर्न समस्या छ।’ जिल्ला अस्पतालसँग पनि पर्याप्त किट नभएको उनको भनाइ छ। 

डोल्पामा पनि एन्टिजेनकिटको अभाव छ। ‘जिल्ला सदरमुकाममा त समस्या छैन, तर गाउँमा भने परीक्षण नै हुन सकेको छैन’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय डोल्पाका कोरोना फोकलपर्शन टेकबहादुर गुरुङले भने, ‘स्थानीय तहले किट खरिदमा ढिलाई हुँदा  परीक्षणमा समस्या भयो।’ 

सल्यानमा पनि उस्तै समस्या छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय सल्यानका फोकलपर्सन रेखिराम पुनले भने, ‘किट खोजिरहेका छौं, तर पाएका छैनौं।’ किट सकिएपछि ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षणका लागि स्वाव सुर्खेत पठाउने गरिएको उनको भनाइ छ। तर पीसीआर परीक्षणको रिपोर्ट आउन झन्डै सातादिन कुर्नुपर्छ। ‘दुईसय जनाको स्वाब संकलन भएपछि मात्र परीक्षणका लागि सुर्खेत पठाउने गरेका छौं’ उनले भने, ‘पीसीआरको रिपोर्ट आउन झन्डै एकहप्ता नै लाग्छ।’ रिपोर्ट नआउँदासम्म कोरोनाको आशंका लागेका र ट्रेसिङमा परेकाहरुलाई भने होमआइसोलेसनमा बस्न सुझाव दिने गरिएको छ।

‘कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका थुप्रै बिरामी आउँछन्, तर परीक्षणबिनै उपचार गर्नुपरेको छ’ जिल्ला अस्पताल सल्यानका डाक्टर प्रदिप शर्माले भने, ‘परीक्षण नगरेर उपचार गर्दा स्वास्थ्यकर्मीलाई नै संक्रमणको जोखिम छ।’ कालिकोटमा पनि एन्टिजेनकिट पर्याप्त छैन। खाँडाचक्र नगरपालिकाबाहेक अन्य कुनै पनि स्थानीय तहले कोरोना परीक्षणका लागि किट खरिद गरेका छैनन्। ‘जिल्ला अस्पतालमा किट पर्याप्त छैन, तर पालिकाकाहरु ऐन्टिजेनकिट अभाव छ’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय कालिकोटका कोरोना फोकलपर्शन कटकबहादुर बमले भने, ‘पालिकाहरुले किट खरिद नगर्दा कोरोना परीक्षण र नियन्त्रणमा समस्या भयो।’

संक्रमण तीव्र रुपमा फैलिरहेका कारण नियन्त्रणका लागि तत्काल परीक्षण आवश्यक छ। तर गाउँगाउँमा संक्रमण फैलिदा पनि स्थानीय तहहरुले कोरोना परीक्षण तथा नियन्त्रणमा चासो दिएका छैनन्। तरहुम्लामा स्वास्थ्य सामग्री पर्याप्त छ। त्यहाँ महामारी सुरु हुनु अघि नै जिल्ला जनस्वास्थ्य कार्यालय र सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री खरिद गरेका थिए।

‘भारतमा संक्रमण बढेपछि सबै जिल्लालाई स्वास्थ्यसामग्री र नियमित औषधिहरु खदिर गर्न अनुरोध गरेका थियौं’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले भने, ‘तत्काल जिल्लामा एन्टिजेनकिट र पीपीई लगायतका स्वास्थ्य सामग्री अभाव छैन।’ गतबर्ष भोगेको अभावका कारण यो बर्ष समयमै पूर्वतयारी गरेको उनको तर्क छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.