डब्लूएचओ भन्छ: नेपालको अवस्था पनि चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियो

डब्लूएचओ भन्छ: नेपालको अवस्था पनि चिन्ताजनक, अन्तर्राष्ट्रिय सहयोग चाहियो

जेनेभा: विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले नेपालमा पनि कोरोना भाइरस सङ्क्रमणको अवस्था चिन्ताजनक अवस्थामा पुगेको बताएको छ ।

डब्लूएचओका निर्देशन टेड्रोस अडनोम गेब्रियसले नेपालमा कोरोनाभाइरस महामारीको अवस्था चिन्ताजनक अवस्थामा पुगेको प्रतिक्रिया दिएका हुन् ।

भारतसँगै यसका छिमेकी देशहरु नेपाल, श्रीलंका, थाइल्याण्ड, भियतनाम लगायत देशहरुमा पनि कोरोनाको अवस्था चिन्ताजनक अवस्था भएको टेड्रोसले बताएका हुन् ।

साथै यी देशमा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता भएको उनको भनाइ छ । निर्देशक गेब्रियसले नेपालमा अस्पताल भर्ना हुनुपर्ने बिरामी बढिरहेको र उनीहरुको लागि बेड र अक्सिजन उपलब्ध हुन नसक्ने अवस्था आएको भन्दै यसले अब थप जटिलता निम्त्याउने बताए ।

कोरोनाको नयाँ लहर पहिलेको भन्दा खतरनाक र गम्भीर भएको भन्दै टेड्रोसले भारतको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् । भारतमा फैलिरहेको संक्रमणको दर तिब्र भएकोमा धेरै तिरबाट विभिन्न सुझाव आइरहँदा टेड्रोसले यस अवस्थालाई सम्बोधन गरेका हुन् ।

भारतसँगै छिमेकी देशहरुको अवस्था पनि चिन्ताजनक रहेको उनले बताएका हुन् । यता नेपालका प्रधानमन्त्री केपी ओलीले भने नेपालको अवस्था नियन्त्रणमा रहेको बताइरहँदा डब्लूएचओका निर्देशक टेड्रोसले यस्तो प्रतिक्रिया दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.