प्रतापपुरका कोरोना बिरामीलाई घरमै उपचार

प्रतापपुरका कोरोना बिरामीलाई घरमै उपचार

परासी : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले बिरामीको घरमै पुगेर परीक्षण र उपचार सेवा सुरु गरेको छ । संक्रमण फैलिएको समयमा लक्षण देखिएपनि घरमै बस्ने गरेको पाइएकाले स्वास्थ्यकर्मी खटाएर गाउँपालिकावासीको परीक्षण र अन्य उपचार सेवा सुरु गरिएको कार्यबहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले बताइन् । परीक्षणपछि बिरामीलाई आवश्यक रहेका औषधि समेत वितरण गर्ने गरेको उनले जानकारी दिइन् ।

उपचार सेवाका क्रममा संक्रमणका लक्षण देखिएकाको निःशुल्क पीसीआर परीक्षण गर्ने गरिएको छ । लक्षण देखिएकाहरुले परीक्षण नगरी मेडिकलहरुबाट कडा औषधि सेवन गर्ने र संक्रमितपछि त्यसले गम्भीर असर पार्ने भएकाले पनि घरमै पुगेर परीक्षण र उपचार सेवा सुरु गरिएको चौधरीको भनाइ छ ।

लक्षण देखिएका बाहेकका बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन गाउँपालिकाले आफ्नै गाडी प्रयोगमा ल्याएको छ । त्यसैगरी संक्रमित भएकालाई आइसोलेसन र अस्पताल पुर्‍याउन एम्बुलेन्सको व्यवस्था गरिएको छ । 

संक्रमितहरुका लागि १५ बेडको अक्सिजनसहितको आइसोलेसन बनाइएको छ । बिरामीहरुको उपचारका लागि आइसोलेसनमा २ जना चिकित्सकसहितको टोली रहेको गाउँपालिकाले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.