गण्डकीमा कोरोनाबाट एकैदिन २८ जनाको मृत्यु
पोखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घन्टामा २८ जना संक्रमितले ज्यान गुमाएका छन् । योसँगै प्रदेशमा कोराना मृतकको संख्या ३८३ पुगेको छ । पछिल्लो दिन शनिबार कास्कीमा ९, स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २÷२ संक्रमितले ज्यान गुमाएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मुस्ताङ, म्याग्दी र गोरखामा १/१ जनाको निधन भएको छ ।
निर्देशनालयको विज्ञप्ति अनुसार कास्की पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको आइतबार मेडिप्लस अस्पतालमा निधन भएको हो । पोखरा १४ का ८४ वर्षीय पुरुष, काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ६० वर्षीय संक्रमित पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा ३१ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
मुस्ताङ जिल्ला मुक्तिनाथ १ का ३३ वर्षीय संक्रमित पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा २५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १ रानिपौवाका ३३ वर्षीय युवाको पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना सक्रमित युवाको मुस्ताङमा एन्टिजेन र पिसिआर परिक्षण गर्दा कोराना पोजेटिभ देखिएको थियो ।
कोरोना पोजेटिभ देखिएका ती युवाको स्वास्थ्य गम्भीर भएपछी एकसाता अघि हेलि मार्फत पोखरा पुर्याइएको थियो । योसगै मुस्ताङमा कोरोनाबाट मृत्यु हुनेको सख्या २ पुगेको छ ।यसअघि कोरोनाका कारण मुस्ताङमा ७२ बर्षिया महिलाले ज्यान गुमाएकी थिइन् । कोरोनाको दोस्रो लहर सगै हिमाली जिल्ला मुस्ताङमा संक्रमितको सख्या १ सय १३ पुगेको छ ।जसमा १७ जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कास्की पोखरा ९ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा शनिबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जा वालिङ नगरपालिका १३ की ५६ वर्षीय कोरोना संक्रमित महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जनाइएको छ । उनमा २४ वैशाख गते कोरोना संक्रमण पुष्टि भएको थियो । तनहुँ घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
वालिङ नगरपालिका ८ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ । पोखरा १५ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
पोखरा १५ का ५६ वर्षीय पुरुष, बागलुङ कालिखोला ५ की ५० वर्षीय महिला, वालिङ नगरपालिका १३ का ५५ वर्षीय पुरुष, वालिङ १ का ४९ वर्षीय महिला, पोखरा १ की ४९ वर्षीया महिला, बागलुङ बडिगाड गाउँपालिका ४ की ५४ वर्षीया महिला, गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको उपचारको क्रममा निधन भएको छ ।
पोखराकै अस्पतालहरुमा मृत्यु भएकाहरु दाङ तुलसीपुर ६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू नगरपालिका ५ का ७० वर्षीया संक्रमित महिला, कावासोती ३ की ४३ वर्षीया महिला, बेनी नगरपालिका ४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास ४ की महिला, व्यास १३ का ९१ वर्षीय पुरुष, स्याङ्जा गल्याङ नगरपालिका ४ का ८३ वर्षीय पुरुष, गल्याङ ४ का ८६ वर्षीय पुरुष र अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया महिला छन् ।