कर्णालीमा दुई मन्त्री नियुक्त

कर्णालीमा दुई मन्त्री नियुक्त

सुर्खेत : कर्णालीमा मन्त्रीपरिषद् पुनर्गठन गरिएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। गत बुधवार मात्र मुख्यमन्त्रीले तीनजना मन्त्री नियुक्त गरेका थिए। तर सत्ता साझेदार कांग्रेसको असन्तुष्टिका कारण उनीहरुको शपथ रोकिएको थियो। 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार सुर्खेतका सिताकुमारी नेपाली र रुकुम पश्चिमबाट निर्वाचित सांसद गोपाल शर्मा मन्त्री नियुक्त भएका हुन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सिताकुमारी नेपाली आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री र गोपाल शर्मा आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका छन्। उनीहरु दुबैजना माओवादी केन्द्रका सांसद हुन्।

उनीहरु यसअघि बुधवार मन्त्री नियुक्त भए पनि शपथ लिन पाएका थिएनन्। कांग्रेसले दुई वटा मन्त्रालय मागेपछि माओवादीका मन्त्रीहरुको शपथ रोकिएको थियो। यसअघि मन्त्री नियुक्त भए पनि शपथ रोकिएका माओवादीका सांसद विन्दमान विष्ट भने पछाडि हटेका छन्। माओवादी स्रोतका अनुसार काँगेसलाई दुई मन्त्रालय दिनुपर्ने भएपछि विष्ट पछाडि हटेका हुन्। यसअघि विष्टलाई आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुदमन्त्री नियुक्त गरिएको थियो। तर उनी यसपटक पार्टीको निर्देशनमा ब्याक भएको माओवादीको दाबी छ।

अब बाँकी रहेका दुई मन्त्रालय कांग्रेसलाई दिने मुख्यमन्त्रीको तयारी छ। भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर बनाइएको जलस्रोत तथा ऊर्जा विकास र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाउने छ। मन्त्रालय फुटाएपछि कर्णालीमा मन्त्रालयको संख्या आठ भएको छ। 

मुख्यमन्त्री शाहीले वैशाख ३ गते विश्वासको मत लिने क्रममा काँग्रेसले सहयोग गरेको थियो। अब कांग्रेसलाई पनि सरकारमा सहभागी गराइने र दुई मन्त्रालय दिने तयारी मुख्यमन्त्रीको रहेको स्रोतले जनाएको छ। यद्यपी कांग्रेसले सरकारमा सहभागी हुनेबारे आधिकारिक रुपमा जानकारी दिएको छैन।

यस्तै मुख्यमन्त्रीलाई विश्वासको मत दिने क्रममा फ्लोर क्रस गरेका एमाले नेता माधव पक्षका तीनजना यसअघि नै मन्त्री नियुक्त भइसकेका छन्। माधव नेपाल पक्षका अमरबहादुर थापा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, नन्दसिंह बुढा उद्योग, पयटन, वन तथा वातावरण मन्त्री र कुर्मराज शाही भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री मन्त्री नियुक्त भइसकेका छन्। माओवादीले भने यसअघि अवसर पाएकालाई विदा गरेर नयाँलाई अवसर दिइएको जनाएको छ। माओवादीले यसअघि नरेश भण्डारी र विमला केसी दुई जनालाई मन्त्रीबाट विदा गरेको थियो। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.