अर्घाखाँचीमा कोरोना भाइरसबाट ४० जनाको मृत्यु, १६२० संक्रमित
सन्धिखर्क : अर्घाखाँचीमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ। सन्धिखर्क नगरपालिकामा ११, भुमिकास्थान नगरपालिकामा १०, शितगंगा नगरपालिकामा ८, मालारानी गाउँपालिकामा ६, पाणिनि गाउँपालिकामा ४ र छत्रदेव गाउँपालिकामा १ जना गरी ४० जनाको कोरोनाले मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए।
पछिल्लो २४ घण्टामा जिल्लामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये सन्धिखर्क नगरपालिकामा ९, भुमिकास्थान नगरपालिकामा ७, शितगंगा नगरपालिकामा १ जना, मालारानी गाउँपालिकामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।