भारतमा कोरोनाविरुद्धको औषधि '२-डीजी'लाई आपत्कालीन प्रयोगको अनुमति

भारतमा कोरोनाविरुद्धको औषधि '२-डीजी'लाई आपत्कालीन प्रयोगको अनुमति

कोरोना भाइरस संक्रमण बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित एउटा नयाँ औषधिले स्वीकृति पाएको छ । औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू-डीजी (2-DG) नामक औषधिलाई प्रयोगको आपत्कालीन रूपमा अनुमति दिएको हो।

कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिनेछ। सरकारले जारी गरेको विज्ञप्तिमा उक्त औषधि कोभिडबाट पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक रहेको उल्लेख छ। तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई आपत्कालीन स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको औँल्याएका छन्।

टू-डीअक्सी-डी-ग्लुकोज (2-deoxy-D-glucose) वा टू-डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मन्ट अर्गनाइजेशन (डीआरडीओ)ले डक्टर रेड्डीज नामक गरेको औषधि उत्पादकसँगको सहकार्यमा विकास गरेको हो। 'क्लिनिकल परीक्षणका नतिजाहरूले यो मलिक्यूलले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,' सरकारी विज्ञप्तिमा भनिएको छ। तर स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित डेटाको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको बताएका छन्। 

उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्दा समेत स्वीकृत नगरिएको उनीहरूले औँल्याएका छन्। अहिलेसम्म कोभिड-१९ को कुनै अचूक उपचार छैन र लक्षण कम गर्नका लागि प्रयोग हुने औषधिहरूको कोरोनाभाइरस महामारीको दोस्रो लहरसँग सङ्घर्ष गरिरहेको भारतमा नाटकीय रूपमा अभाव देखिएको छ।

दुई करोड ४० लाख जनामा संक्रमण र २७०,००० जनाको मृत्यु भएको भारत अहिले कोरोना भाइरसको विश्वव्यापी महामारीको केन्द्रबिन्दु बनेको छ । केही सातायता मृत्यु हुने बिरामीको संख्या बढेसँगै घातक दोस्रो लहरले भारतका कैयौँ क्षेत्रमा क्षति पुर्याएको छ। 

कैयौँ अस्पतालहरू शय्या र अक्सिजनको अभावका कारण सामान्य उपचार दिन पनि नसक्ने अवस्थामा पुगेका छन्। सरकारी विज्ञप्तिमा यो औषधि मध्यमदेखि गम्भीर स्थितिमा रहेका बिरामीहरूलाई उपलब्ध गराइने 'एड्जङ्क्ट थेरपी' अर्थात् सहायक उपचारविधिमा यो औषधि प्रयोग हुने उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.