मण्डलामा ‘मितज्यू’

मण्डलामा ‘मितज्यू’

काठमाडौं : मण्डला थिएटर नेपालले पहिलोपटक आफ्नो पूर्णांकी नाटकलाई डिजिटल माध्यमबाट सार्वजनिक गरेको छ। सोमनाथ खनालद्वारा लिखित तथा दयाहाङ राईद्वारा निर्देशित नाटक ‘मितज्यू’लाई मण्डलाले आफ्नो युट्युब च्यानलमार्फत रिलिज गरेको हो। 

‘मितज्यू’ नाटक दुईवृद्धले आफ्नो किशोरवयतिर फर्केर हेर्दा देखिने ‘फ्लासब्याक’ कथा हो। नेपाली संस्कृतिमा लोकप्रिय रहेको मितेरी साइनोअन्तर्गत एक जोडीमितको कथा नाटकमा प्रस्तुत गरिएको छ। मितेरी साइनोसँगै उनीहरूका अन्य सम्बन्ध, तिनका उतारचढाव र तिनीहरूले दुई मितको जीवनमा पारेको प्रभावलाई नाटकको घटना क्रममा बुनिएको छ। 

पञ्चायतकालीन नेपालको पूर्वी भेगको कथालाई नाटकमा दुई वृद्धको स्मृतिमार्फत वर्तमान समयमा भनिएको यो नाटकमा ‘फेन्टासी’को भरपूर उपयोग गरिएको छ तर फेन्टासीसँगै दुई वृद्धको जीवनदर्शन पनि समेटिएको छ। सात वर्षअघि मण्डला थिएटर नेपालको सातौं प्रस्तुतिकारूपमा मण्डला नाटकघरमा मञ्चन गरिएको नाटक मितज्यूलाई डिजिटल प्लेटफर्मबाट सार्वजनिक गर्ने भएपछि पुनर्लेखन तथा परिकल्पना गरी आंशिक पुरानै र अधिकांश नयाँ कलाकारका साथ पूर्वाभ्यास तथा पुनः उत्पादन गरेर छायांकन गरिएको हो। 

नाटकको छायांकन चैत महिनाको अन्तिम साता गरिएको थियो। नाटकमा बुद्धि तामाङ, विजय बराल, सिर्जना सुब्बा, उमेश तामाङ, विकास जोशी, किरण चाम्लिङ, अंकित खड्का, अनुप न्यौपानेलगायतको मुख्य भूमिका रहेको छ। 

राजन खतिवडाको मञ्च परिकल्पना रहेको नाटकलाई शैलेन्द्रध्वज कार्कीले खिचेका छन् भने नाटकमा बेनुका राईको संगीत सुनिनेछ। नाटक निर्माण तथा छायांकनमा ५० भन्दा बढी रंगकर्मी तथा प्राविधिकको संलग्नता थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.