भारतमा एकैदिन ५० डाक्टरको कोरोनाबाट मृत्यु

भारतमा एकैदिन ५० डाक्टरको कोरोनाबाट मृत्यु

नयाँ दिल्ली : कोरोना भाइरस (कोभिड–१९) का कारण भारतमा एकैदिन ५० जना डाक्टरको मृत्यु भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार ५० जना डाक्टरको ज्यान गएको हो।

कोरोनाको दोस्रो लहर सुरु भएयता भारतमा हालसम्म २४४ डाक्टरले ज्यान गुमाइसकेका छन्। जसमध्ये बिहारमा ६९, उत्तर प्रदेशमा ३४ र दिल्लीमा २७ जनाले ज्यान गुमाएका हुन्। भारतमा कोरोनाको दोस्रो लहर अप्रिल पहिलो सातादेखि सुरु भएको मानिएको छ।

मृतकमध्ये ३ प्रतिशत डाक्टरले पूर्ण मात्रामा कोरोनाविरुद्धको खोप लगाएको भारतीय सञ्चारमाध्यम एनडीटीभीले जनाएको छ। भारतमा चलेको खोप अभियानको पाँच महिनाको अवधिमा ६६ प्रतिशत स्वास्थ्यकर्मीले पूर्ण मात्रामा खोप लगाइसकेका छन्।

यसअघि पहिलो लहर चलेका बेला भारतमा ७३६ डाक्टरले ज्यान गुमाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.