इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

इजरायललाई ७३५ मिलियन डलर बराबरको हतियार बेच्दै अमेरिका

इजरायल र प्यालेस्टाइनबीच हिंसात्मक तनाव चलिरहेकै बेला अमेरिकाले इजरायललाई ठूलो परिमाणमा हतियार बेच्ने भएको छ । अमेरिकाका राष्ट्रपति जो बाइडेनको प्रशासनले इजरायललाई ७३५ मिलियन अमेरिकी डलर बराबरको हतियार बेच्ने अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

गाजा क्षेत्रमा द्वन्द्व चर्किरहेको समय भएपनि अमेरिकी संसद्मा उक्त प्रस्ताव पास हुने अपेक्षा गरिएको छ । रोयर्टसले अमेरिकी संसद्को उच्च स्रोतलाई उद्धृत गर्दै मे ५ मा इजरायललाई हतियार बेच्न प्रस्तावबारे सूचित गरिएको बताएको छ ।

अमेरिकाले इजरायललाई हतियार बेच्ने भन्ने समाचार सबैभन्दा पहिले वासिङ्टन पोस्टले प्रकाशित गरेको हो । औपचारिक रुपमा सूचित गर्नुभन्दा पहिले अप्रिलमै अमेरिकी कंग्रेसलाई इजरायललाई हतियार बेच्ने योजनाबारे जानकारी गराइएको थियो।

अमेरिकाले इजरायललाई ज्वाइन्ट डिरेक्ट अट्याक म्युनिसन्स (जेडीएमएमए) बिक्री गर्न लागेको पनि रोयटर्स र वासिङ्टन पोस्टले बताएका छन् । उक्त हतियार बोइङले बनाएको हो ।

जेएडीएम बम फिट गरेर प्रहार गर्न मिल्ने हतियार हो । इजरायली सेनाले गाजा क्षेत्रमा आक्रमण गर्न यस प्रकारका हतियार ठूलो परिमाणमा किनेको छ । अहिलेसम्म इजरायललाई हतियार बेच्ने प्रस्तावमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरुले कुनै आपत्ति जनाएका भने छैनन् । अमेरिकी सदनले हतियार बिक्रीको प्रस्तावलाई रोक लगाउन सक्नेछ ।

तर यस पटक भने रोक लगाउने सम्भावना कम भएको बताइएको छ । गाजा क्षेत्रमा द्वन्द्व चर्किएको दोस्रो हप्ता सुरु भइसकेको छ, तर तत्काल अन्त्य हुने भने संकेत देखिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.