महामारीमा मानवता

महामारीमा मानवता

जनकपुरधाम : महामारीमा संक्रमितलाई सोधपुछ गर्न समेत डराउने अवस्थामा यहाँका केही साहसी युवा आफ्नो ज्यानको समेत पर्वाह नगरी मानवता जोगाउन लागिपरेका छन्। 

सोमबार जनकपुरमा केही युवाले देखाएको साहस अहिले सामाजिक सञ्जालमा प्रशंसा बटुल्न सफल भएको छ। 

स्थानीय देवीचौकको एक घरमा करिब २४ वर्षीय एक युवा कोरोनाको लक्षणसहित बिरामी भई बसेका थिए। परिवारसँगै बस्दै आएका ती युवाको उपचार घरमै परिवारजनले गरिरहेको बताए। सोमबार दिउँसो शौचालय गएका ती युवा एक्कासि बेहोस भए। उनको श्वासप्रश्वासमा समस्या आयो। घरको दोस्रो तल्लामा बस्दै आएका परिवारजन वृद्धवृद्धा भएकाले उनीहरू ती युवालाई उठाएर ल्याउनसमेत असमर्थ भएका थिए। 

परिवारजनले केही आफन्तहरूलाई फोन गरी हारगुहार मागे। आफन्तहरूले चारैतिर फोन गर्न थालेपछि युवा समाजसेवी राकेशविक्रम साहलाई पनि जानकारी भयो। साह तत्कालै आफ्ना सहयोगी जितेन्द्र साहलाई खबर गरी एम्बुलेन्स लिएरै बेहोस भएका युवकको घरमा पुगे। 

एम्बुलेन्ससम्म बेहोस युवकलाई ल्याउन गाह्रो थियो। उनी हिँड्ने अवस्थामा थिएनन्। ‘हामीले हातले नछोएर तन्नामा बेरेर ती युवकलाई माथिबाट तल ल्याई एम्बुलेन्समा राख्यौँ,’ समाजसेवी जितेन्द्र साहले भने, ‘केही डर त मनमा थियो। तर, पहिले ती युवकको ज्यान जोगाउनु जरुरी थियो।’

ती युवकलाई तत्कालै प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएर अक्सिजनमा राखियो र अहिले उनको अवस्था ठीक रहेको साहले जानकारी गराए। आफ्नो मात्र नभईअरूको ज्यान जोगाउन पनि सजग हुनु अहिले निकै आवश्यक रहेको युवा अभियन्ता साह बताउँछन्। उनी भन्छन्, ‘यो विपत्तिबाट हामी सबै मिलेर पार पाउन सक्छौं। त्यसैले एकले अर्कालाई सक्ने सहयोग गरौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.