लमजुङमा भूकम्प, दर्जनौं घर भत्किए, केही स्थानीय घाइते (फोटोफिचर)

लमजुङमा भूकम्प, दर्जनौं घर भत्किए, केही स्थानीय घाइते  (फोटोफिचर)

बेसीसहर : लमजुङमा बुधबार बिहान २ पटकसम्म गएको भूकम्पमा दर्जनौं घरकटेराहरु भत्किनुका साथै केही स्थानीय घाइते भएका छन् । मस्र्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रविन्दु बनाएर बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ र ८ बजेर २६ मिनेटमा ५ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो । 

भूकम्पको केन्द्रविन्दु मस्र्याङ्दी गाउँपालिकाका घरहरूमा बढीजसो क्षति पुगेको छ । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार सवै वडामा भूकम्पले क्षति पुर्‍याएको । दर्जनौं घरहरु भत्किएको गुरुङले बताए । 

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलका अनुसार घर भत्किँदा बेंसीसहर नगरपालिका–६ चनौटेकी ३६ वर्षीया उमा गुरुङ र बेंसीसहर–११ रामचोकबेंसीकी ८७ वर्षीया खोपकुमारी पाण्डे घाइते भएका छन् । दुवैजनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको उनले छ ।

भूकम्पले घर भत्किदा मस्र्याङ्दी गाउँपालिका–६ ठूलीबेंसीमा २२ वर्षीय गोविन्द अधिकारी घाइते भएका छन् । उनलाई थप उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर लगिएको छ ।डीएसपी गंगाबहादुर थापाले केही घर भत्किएको र केही घाइते भएको जानकारी आएपनि सबै विवरण आइनसकेको बताए । भूकम्पपछि भाग्दा रेडियो मस्र्याङ्दीकी पत्रकार खुसी गुरुङ घाइते भएकी छन् । प्रहरीका अनुसार दोस्रोपटकको भुकम्पका कारण दोर्दीमा १ जना, बेसीसहरमा १ महिला घाइते भएकी छन् ।

भूकम्पले मस्र्याङ्दी–३ खुदी तरापुका बासुदेव खत्री, मस्र्याङ्दी–९ को राधा अधिकारीको पूर्णरुपले क्षति भएको छ । मस्र्याङ्दी कार्यपालिका सदस्य कृष्णकुमारी गुरुङका अनुसार वडा नं। ८ रिङट्याङमा २६ घरमा क्षति पुगेको छ । २ घर पूर्णरुपमा क्षति भएको उनले बताइन् । मस्र्याङ्दीका पूराना घर र कटेरामा क्षति भएको छ । भूकम्पको पराकम्प आइरहेकाले स्थानीय घरभित्र बस्न सकेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.