दाउन्ने बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

दाउन्ने बस दुर्घटना अपडेट : ४ जनाको मृत्यु, ४९ घाइते ,२ को अवस्था गम्भीर

परासी : निषेधाज्ञाका कारण अलपत्र परेका यात्रु बोकेर पश्चिमतर्फ जाँदै गरेको बस बुधबार पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट खस्दा ४ जनाको मृत्यु भएको छ । मृत्यु हुने सबै रुकुम पश्चिमका हुन् ।दुर्घटनामा ४९ घाइते भएका छन् । २ को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यलाई उपचारपछि बुधबार नै घर पठाइएको छ । बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

काठमाडौंबाट दुई जिल्लाका यात्रु लिएर जाँदै गरेको ना ५ ख २७१३ नम्बरको बस दाउन्ने पहाडको खुर्सानी खोलामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए ।  

मृत्यु हुनेमा रुकुम पश्चिम त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बस पहाडबाट १ सय ५० मिटर तल खसेको थियो । बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई समेत काठमाडौंबाटै चढाइएको थियो । दुर्घटनामा घाइते भइ चिसापानी अस्पतालमा उपचार गराई रहेका सल्यानका मोहन रानाले भने,‘ हामी अर्को बसमा थियौं । बस नजाने भएपछि हामीलाई पनि यही बसमा पठाइयो ।’ 

बसमा ५८ यात्रु थिए । दुर्घटना ब्रेक फेल भएर हुन पुगेको चालकलाई उद्दृत गर्दै प्रहरी नायब उपरीक्षक लामाले बताए। तर चिसापानी अस्पतालमै उपचार गराई रहेका सल्यानका अर्का घाइते यात्रु प्रकाश रानाका अनुसार चालकसँगै रहेका क्याबिनमा यात्रुहरुले गीत गाइ रहेका थिए । गीत गाउनेमाथि चालकले पटकपटक हेर्दै गाडी चलाउँदै गरेकाले दुर्घटना भएको हुनसक्छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.