राष्ट्रियसभा उपनिर्वाचन : यसरी हुँदैछ हेटौडामा मतदान (फोटोफिचर)

राष्ट्रियसभा उपनिर्वाचन : यसरी हुँदैछ हेटौडामा मतदान (फोटोफिचर)

हेटौडा : बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदको निर्वाचनको मतदान हेटौंडामा भइरहेको छ । हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा रहेको मतदानस्थलमा बिहान ९ बजेबाट मतदान सुरु भएको हो ।

दिउँसो ३ बजेसम्म मतदान सकिने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । राष्ट्रियसभा सदस्य रामबहादुर थापाले दल परिवर्तन गरेपछि रिक्त पदमा थापा आफैं, बिपक्षि दलहरुको समर्थनमा स्वतन्त्र उम्मेदवार डाक्टर खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । मतदानका लागि ३ वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरको प्राविधिक सहयोगमा एन्टिजेन विधिबाट मतदान स्थलमै कोरोना परीक्षणको व्यवस्था गरिएको छ ।

एउटा मतदान केन्द्रबाट कोरोना पोजेटिभ मतदाता र बाँकी दुईवटा मतदान केन्द्र मध्ये एउटाबाट स्थानीय तहका जनप्रतिनिधि र अर्कोबाट प्रदेशसभा सदस्यहरुले मतदान गर्ने ब्यवस्था मिलाइएको छ । निर्वाचनमा बागमती प्रदेशका १ सय ९ सांसद  र १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् । 

दिउँसो १२ बजेसम्म क मदतान केन्द्रमा ६६ जना प्रदेशसभा सदस्य,ख मतदान केन्द्रमा १ सय १३ अध्यक्ष उपाध्यक्ष र ग मतदान केन्द्रमा २० जना कोरोना संक्रमित प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष उपाध्यक्षले मतदान गरेको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए । आजै साँझसम्म मत परिणाम सार्वजनिक गर्ने उनले जानकारी दिए


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.