चूडामणिको ‘यो माया खत्रा’
काठमाडौं : सञ्चारकर्मी चूडामणि खनाल र मनु कुँवरको लोकदोहोरी बोलको गीत ‘यो माया खत्रा’ सार्वजनिक भएको छ।
सञ्चारकर्मी खनालको शब्द, संगीत र खनालकै आवाज साथै मनु कुँवरको आवाजमा तयार भएको लोकदोहोरी प्रेमिल गीत म्युजिक स्टार नेपाल कम्पनीमार्फत सार्वजनिक भएको हो।
रैला पप टिपिकल रूपमा सार्वजनिक लोकदोहोरी गीतको भिडियोमा लोमस शर्मा र बबिता बोहराको अभिनय रहेको छ भने अन्य स्थानीयले सहयोगी भूमिका निभाएका छन्।
गीतको भिडियो पर्यटकीय, धार्मिक तथा ऐतिहासिक स्थलमा तयार पारिएको छ। गीतले प्रेमको सन्देश साथै अहिलेको परिस्थितिमा विश्वसनीय प्रेमको विषयलाई उठान गरेको छ।
मनोरञ्जनात्मक टिपिकल रूपमा गीत तयार पारिएको हो। लुम्बिनी, कपिलवस्तुलगायतका स्थानमा छायांकन गरिएको गीतको एरेन्ज मिक्सिङ हेमन्त शिशिर र रेकर्डिस्टमा वीरेन बीसीले साथ दिएका छन्।
गीतको भिडियो निर्देशक निशान एसके साथै दृश्य सम्पादनमा प्रकाश धमला र क्यामरामा दीपक गिरीले साथ दिएका छन्। खनालको योभन्दा पहिला राष्ट्रिय गीत नर्बिसौं वीरताको गाथा सार्वजनिक भइसकेको छ।