गाजा क्षेत्रमा युद्धविरामपछि हमासको दावी: इजरायलमाथि विजय हासिल गर्‍यौँ

गाजा क्षेत्रमा युद्धविरामपछि हमासको दावी: इजरायलमाथि विजय हासिल गर्‍यौँ

जेरुसेलम: गाजा क्षेत्रमा इजरायल र हमास विद्रोहीको युद्धविरामसँगै हमासका एक वरिष्ठ नेताले आफूहरुले इजरायलमाथि जित हासिल गरेको दावी गरेका छन् ।

गाजामा आफ्ना समर्थकहरुसहित हजारौँ मानिसलाई सम्बोधन गर्दै हमासका वरिष्ठ नेता खलील अल हायाले शुक्रबार यस्तो बताएका हुन् ।

उनले आमसभालाई देखाउँदै भाषणको क्रममा यसलाई विजयको उल्लास भएको प्रतिक्रिया दिए । खलील गाजा क्षेत्रस्थित इस्लामिस्ट मुभमेन्टको राजनीतिक ब्यूरोका दोस्रो बरियताका नेता हुन् । उनले इजरायलको हवाइ आक्रमणबाट ध्वस्त पारिएका गाजाका भवनहरुको पूनर्निर्माण समेत गरिने प्रतिवद्धता व्यक्त गरे ।

इजरायलले मे १० देखि गाजा क्षेत्रमा निरन्तर हवाइ आक्रमण गर्दा कम्तिमा २३२ प्यालेस्टाइनी मारिएका छन् । जसमध्ये ६५ जना बालबालिका थिए । यस्तै इजरायली आक्रमणमा १९०० जना घाइते भएका छन् ।

यस क्रममा गाजा क्षेत्रबाट १ लाख २० हजार भन्दा धेरै मानिस सुरक्षित स्थानतर्फ भागेका छन् । हमास र इस्लामिस्टका अन्य कार्यकर्ताले भने इजरायलतर्फ ४ हजार भन्दा धेरै रकेट प्रहार गरेको बताइएको छ । रकेट हमलामा इजरायली पक्षमा भने १२ जना इजरायली मारिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.