भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु

भारतमा एकैदिन साढे दुई लाख संक्रमित, चार हजारको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी कोरोना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना संक्रमित भएका हुन् ।

भारतमा सोही अवधिमा थप चार हजार १९४ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५७ हजार ६३० जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिलेसम्म कुल दुई करोड ६२ लाख ८९ हजार २९० जना कोरोना भाइरसबाट संक्रमित भएको तथ्यांक छ । ती मध्ये २९ लाख २३ हजार ४०० जना अझै पनि संक्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

त्यसैगरी भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म दुई लाख ९५ हजार ५२५ जनाको मृत्यु भएको छ । तर संक्रमणमुक्त भएकाहरुको कुल संख्या भने दुई करोड ३० लाख ७० हजार ३६५ पुगेको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.