१९ वर्षमा बलात्कृत र गर्भवती भएको अमेरिकी गायिका लेडी गागाको खुलासा

१९ वर्षमा बलात्कृत र गर्भवती भएको अमेरिकी गायिका लेडी गागाको खुलासा

वासिङटन: अमेरिकी गायिका लेडी गागाले आफू १९ वर्षको उमेर छँदा म्युजिक प्रोड्यूसरबाट बलात्कृत भएको र गर्भवती भएको खुलासा गरेकी छन् ।

जुन घटनाले आफूलाई मनोवैज्ञानिक रुपमा धक्का लागेको उनको भनाइ छ । उनले यसअघि पनि आफू व्यवसाय सुरु गर्ने बेला संगीत उद्योगका मालिकबाट बलात्कृत भएको बताएकी थिइन् ।

उनले हालै एक डकुमेन्ट्रीमा बलात्कार र गर्भवती भएको कुरा बताएकी हुन् । जसले गर्दा लेडीले आफू दर्दनाक तनाबको सामना गर्नुपरेको बताइन् । तर हाल यस्तो अवस्था नियन्त्रित बनेको पनि उनले बताइन् ।

"म १९ वर्षकी थिएँ । र म व्यवसाय गर्न थालेको थिएँ । एक प्रोड्यूसरले मलाई भने कि: तिम्रो कपडा खोल" उनले भनिन् । एपल टिभी प्लसका लागि ओप्राह विन्फ्रे र प्रिन्स ह्यारीले तयार गरेको "द मी यू कान्ट सी" नामको डकुमेन्ट्रीका लागि लेडी गागाले यस्तो खुलासा गरेकी हुन् ।

उनले अगाडि भनेकी छन् "मैले भनेँ, हुँदैन । र मैले छोडेँ । र उनीहरुले मेरा सबै म्यूजिक जलाइदिने भने । र उनीहरुले मलाई सोधिरहन छाडेनन् । त्यसपछि म स्थिर भएँ र त्यसपछि मलाई पनि सम्झना छैन..." लेडी गागाले आँशु खसाल्दै सुनाइन्।

३५ वर्षीया गायिकाले आफ्ना 'बलात्कारी'को पहिचान पहिलो पटक यसरी गरेकी हुन् । साथै उनले ती 'बलात्कारी'को नाम सार्वजनिक नगर्ने बताएकी छन् । किनकि अब फेरि ती व्यक्तिको सामना गर्न नचाहेको लेडीको भनाइ छ ।

गागाका अनुसार ती प्रोड्यूसरले उनलाई आफ्नै बाबु आमाको घरको कुनामा गर्भवती बनाएर छाडिदिएका थिए । त्यस घटनाको केही वर्षपछि मात्रै उनी मानसिक समस्याले गर्दा अस्पताल नै भर्ना हुनु परेको थियो ।

केही वर्षसम्म आफू मानसिक रुपमा विचलित बनिरहेको उनको भनाइ छ। यसबाट मुक्त हुन उनले २ वर्ष भन्दा धेरै थेरापी समेत गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.