सदाका लागि अस्ताए सदा

सदाका लागि अस्ताए सदा

जाने मानिसहरू आँखा टिलपिल पार्दै जान्थे। फर्कंदा हँसिलो अनुहारका साथ फर्किन्थे। सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरका ४४ वर्षीय बुधु सदा पनि गतिलो पारिश्रमिक पाइने आशामा पटक–पटक भारतको हरियाणा, पञ्जाब र दिल्ली जान्थे।

जेठी छोरीको फागुन २७ गते भएको विवाहमा लागेको ऋण तिर्न र कान्छी छोरीको विवाहका लागि झोलाभरी पैसा ल्याउने सपना थियो। कोरोनाको त्रासका बावजुद सपना बोकेर उनी वैशाख ९ गते भारत हरियाणाको जमुनानगर गए। 

युवाहरू नहुँदा काम गर्ने श्रमजीवी पाइन छाडेको छ। बुढापाका र महिला घर रुँघेर बसेका छन्। मर्दापर्दा मलामी र जन्ती जानेहरू खोज्नुपर्छ।

छोरीलाई दिनुपर्ने दाइजोले पिरोलिएका सदालाई कान्छी छोरी रानीको विवाह धुमधामका साथ गर्ने धोको थियो। दुर्भाग्य, यसपटक अचेत अवस्थामा फर्किए। श्रीमती र छोराछोरीका लागि भरिएको झोला ल्याउन गएका मजदुरको सपना पुरा नहुने गरी चकनाचुर भयो।

सोचेझैं काम, दाम र माम पाइने कुरा सुनेर घरमै लिन आएका छिन्नमस्ता–७ हाटीका रमेश यादव र सञ्जय यादवका साथ उनी प्लाइउड कारखानामा श्रम गर्न गएको पत्नी प्रमिला बताउँछिन्। सपनाहरूको सौदाबाजी गर्न घरपरिवार छाडेर जानेका अनुहारहरू प्रस्थान हुने बेलामा मौन र आगमनका बेला हँसिलो भेटिनु स्वाभाविक हुन्थ्यो। हँसिलो अनुहारका साथ फर्किने उनी यसपटक भने सग्लो फर्किएनन्। अचेत अवस्थामा बोकेर घर ल्याउनु पर्दा परिवारलाई अनौठो भयो। राजविराजबाट ६ किलोमिटर पश्चिम सिरहा रोड किनारमा ६ धुर ऐलानी जमिनमा पुस्तौंदेखि बसेका सदा घरायसी गर्जो टार्नका लागि घरपरिवार छाडेर भारत जान बाध्य बनेका थिए। सदाजस्तै गाउँका दर्जनौं मजदुर काम र दामको खोजीमा वर्षमा ३–४ पटक विदेसिँदा गाउँघरहरू उजाड र उराठलाग्दो बन्ने गरेको स्थानीय डम्बर महतो बताउँछन्।

पेटका लागि कतिका नवविवाहित श्रीमान् हालसालै पनि परदेसिएका छन्। बालबच्चाले आफ्ना पिताको न्यानो स्पर्श र सुरक्षा गुमाएका छन्। युवाहरू नहुँदा काम गर्ने श्रमजीवी पाइन छाडेको छ। बुढापाका र महिला घर रुँघेर बसेका छन्। मर्दापर्दा मलामी र जन्ती जानेहरू खोज्नुपर्छ। कतिपय घरपरिवारले आर्थिक प्रगति पनि गरेको देखेर सदा पनि परिवारको खुसी र सुनौलो भविष्यका लागि परदेश लागे। तर, सदाका लागि उनी अस्ताए। सन्ततीकै भविष्यका लागि सन्तानबाट टाढिनु परेका सदाको परिवारको खुसी सदाका लागि टाढियो। रमेशले वैशाख १६ गते फोन गरेर सदालाई लिन छिन्नमस्ता गाउँपालिकास्थित सखडाको सीमा रहेको भारतको न्यौर बोलाएको छोरा धिरेन्द्र बताउँछन्। सबै कामलाई चटक्क थन्क्याएर प्रमिला धीरेन्द्रसहित परिवारका दुई सदस्यका साथ टेम्पो रिजर्भ गरेर पुगिन्। अचेत अवस्थामा जिम्मा लगाएर रमेश र सञ्जय भारततिरै लागे।

प्रमिलाका अनुसार घर ल्याएपछि घाइते सदाले श्रमअनुसार दाल, तरकारीसहितको खाना मागेकै कारण चार–पाँचजना मिलेर कुटपिट गरेको बताए। नवविवाहिता छोरी भागवन्तीले सम्पत्तिका नाममा दाइजो पाएको नाकको दुई आनाको सुनको फुली वडाध्यक्ष लक्ष्मी ठाकुरको छोराकहाँ बन्धकी राखेर १० हजार रुपैयाँ ऋण ल्याइन्। अर्को बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सदालाई भर्ना गरियो। उपचारकै क्रममा सोही राति साढे सात बजे उनको मृत्यु भयो। मजदुर दिवसकै दिन सूर्यको कलिलो किरण फैलिएसँगै एक मजदुरको मृत्युको खबर फैलियो। सर्वत्र मजदुर दिवसको शुभकामना आदानप्रदान चलिरहेको थियो। मौसम सफा थियो तर मजदुर परिवारको घर भने अन्धकारमय बन्यो। प्रमिलाको संसार रित्तियो।

कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मानिसहरूको चहलपहल कम छ। जेठी छोरीको विवाहमा बनाएको मण्डपको शेष आँगनमा बाँकी नै छ। दुरागमन गरेर विदाई गर्न बाँकी नै छ। सोही ठाउँमा बसेकी प्रमिलालाई सान्त्वना र समवेदना दिन आउनेले सहने हिम्मत जुटाउन खोज्छन्। प्रमिलालाई भने श्रीमान्को सम्झनाले बेला–बेला विक्षिप्त बनाउँछ। उनी एकहोरो एउटै वाक्य दोहो¥याउँछिन्– ‘कुटपिट गरेर ज्यान लिने दोषीहरूलाई कारबाही होस्, कुनै पनि गरिब मजदुरले पुनः अनाहकमा ज्यान गुमाउनु नपरोस्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.