चीनको दौड प्रतियोगितामा मृत्यु हुने धावकको संख्या २१ पुग्यो

चीनको दौड प्रतियोगितामा मृत्यु हुने धावकको संख्या २१ पुग्यो

बेइजिङ: चीनमा भएको एक दौड प्रतियोगितामा मृत्यु हुने धावकको संख्या २१ पुगेको छ । एक सय किलोमिटरको क्रस कन्ट्री माउन्टेन रेसमा प्रतिष्पर्धारत खेलाडीहरुको खराब मौसमका कारण मृत्यु भएको बताइएको छ ।

उच्च पहाडी क्षेत्रमा उनीहरुको दौडको क्रममा अचानक मौसम खराब भइ वर्षा, असिना, हावाहुरी आउँदा उनीहरुको मृत्यु भएको थियो । अनुसन्धानको प्रारम्भिक चरणमा २० जनाको मृत्यु भएको र अर्का एक जना वेपत्ता थिए । चिनियाँ सरकारी मिडियाका अनुसार वेपत्ता धावकको शव आइतबार बिहान भेटिएको हो ।

उत्तर पश्चिम गान्सु प्रान्तको बैइन सहर नजिकै जंगलमा शनिबार यस्तो घटना भएको बताइएको छ । बैइन सहरका मेयर झाङ छुचेनका अनुसार दौडको २० देखि ३१ किलोमिटरको बीच भागमा यस्तो घटना भएको थियो ।

दौड चलिरहँदा त्यस क्षेत्रमा छोटो अवधिमै हिउँसहितको भारी वर्षा र तेज हुरी वतास चल्दा तापक्रम घटेको थियो । म्याराथन आयोजक टोलीले घटना भएलगत्तै उद्वार टोली खटाएको थियो । दौडमा सहभागी १७२ प्रतिष्पर्धीमध्ये घटनास्थलबाट १८ जनाको उद्वार भएको थियो ।

शनिबार रातभर उद्वार गरिए पनि कठिन भएको बताइएको छ । मंगोलियासँग सीमा जोडिएको गान्सु प्रान्त चीनको विपन्न प्रान्त हो । जहाँ हरेक वर्ष वर्षा, बाढी तथा खराब मौसमका कारण जनधनको क्षति हुने गरेको छ । यस क्षेत्रलाई भूकम्पीय दृष्टिले पनि जोखिममा रहेको मानिन्छ । २०१० मा यस क्षेत्रमा बाढी पहिरोका कारण १००० जनाको मृत्यु भएको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.