इटालीमा केबल कार खस्दा १४ जनाको मृत्यु, एक बालक घाइते

इटालीमा केबल कार खस्दा १४ जनाको मृत्यु, एक बालक घाइते

रोम: इटालीमा केबल कार खस्दा एक बालक सहित १४ जना यात्रुको मृत्यु भएको छ ।

दुर्घटनामा एक बालक गम्भीर रुपमा घाइते भएका छन् । उत्तरी क्षेत्रस्थित म्यागिओर लेक नजिकैको पहाडमा आइतबार केबल कार खसेको हो ।

रिसोर्ट टाउनबाट यात्रुहरुलाई बोकेर पिएदमन्ट क्षेत्रस्थित मोट्टारोन पहाड जाँदै गर्दा केबल कार खसेको हो । काठहरु भएको जमिनमा खसेको केबल कारको तस्बिर सामाजिक सञ्जालमा समेत भाइरल बनेको छ ।

घटनामा मृत्यु हुनेहरुमध्ये केही विदेशी नागरिक समेत रहेको बताइएको छ । स्ट्रेसा सहरका मेयर मार्सेला सेभेरिनोले यस घटनाबाट आफूलाई दुखी तुल्याएको प्रतिक्रिया दिएका छन् ।

दुर्घटनापछि ५ वर्ष र ९ वर्षका बालकहरुलाई उपचारका लागि नजिकको अस्पताल लगिएको थियो । तर ९ वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय समय अनुसार आइतबार १२:३० बजे केबल कार दुर्घटना भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । दुर्घटनाको कारणबारे अझै यकिन भइसकेको छैन । यसबारे छानविन गरिने स्थानीय प्रशासनले जनाएको छ ।

इटालीका प्रधानमन्त्री मारियो ड्राघीले घटनाबारे आफूले स्थानीय सरकारबाट जानकारी लिइरहेको भन्दै घटनामा मृत्यु भएकाहरुको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.