लिभरपुल शीर्ष चारमा

लिभरपुल शीर्ष चारमा

लन्डन : लिभरपुल र चेल्सी इङ्लिस प्रिमियर लिगको शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट भएका छन्। लिगको अन्तिम खेलमा आइतबार क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै लिभरपुल तेस्रो भयो। लिभरपुलका लागि साडियो मानेले दुवै गोल गरे। जितपछि लिभरपुलले ३८ खेलबाट ६९ अंक जोड्यो।

चेल्सी भने पराजित भए पनि लेस्टर सिटीलाई पछि पार्दै चौथो स्थानमा रहन सफल भयो। चेल्सीसँगै लेस्टर सिटी पनि पराजित भएपछि चेल्सीले लेस्टरलाई एक अंकले पछि पार्दै चौथो स्थानमा रहन सफल भएको हो। चेल्सी एस्टन भिल्लासँग २–१ गोलले पराजित हुँदा लेस्टर सिटी टोट्टनहामसँग ४–२ ले पराजित भएको थियो।

टोट्टनामका स्ट्राइकर हेरी केनले प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जित्न सफल भएका छन्। यस सिजन प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बन्दै केनले गोल्डेन बुट जितेका हुन्। 

इङ्ल्यान्डका फरवार्ड केनले यस सिजन २३ गोल गरेका थिए भने गोलका लागि १४ असिस्टको योगदान दिएका थिए। केनले लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन्। सलाहले २२ गोल गरे।

चेल्सीले ३८ खेलबाट ६७ अंक जोड्न सफल भयो। यस्तै लेस्टर सिटीले ६६ अंक जोड्यो। अन्तिम खेलमा पराजित लेस्टर पाँचौं स्थानमा रह्यो। टोट्टनहामले भने ६२ अंक जोड्दै लिगको सातौं रहेर सिजनको अन्त्य ग¥यो। लेस्टरसँगै छैटौं स्थानको वेस्टहाम युनाइटेडले अर्को सिजन युरोपा लिग खेल्नेछ।

इङ्लिस प्रिमियर लिगको उपाधि जितिसकेको म्यानचेस्टर सिटीले भने आफ्नो अन्तिम खेलमा सानदार जित निकाल्न सफल भयो। म्यानचेस्टर सिटीले एभर्टनलाई ५–० गोलले पराजित ग¥यो। घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे। यस्तै केभिन डी ब्रुन, गाब्रियल जिसस र फिल फोडेनले एक÷एक गोल गरे। उपाधि जित्ने क्रममा सिटीले ३८ खेलबाट ८६ अंक जोड्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.