गणतन्त्र दिवसको सार्थकता

गणतन्त्र दिवसको सार्थकता

मुलुकको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमि हुन जरुरी छ।


हरेक वर्ष हाम्रो देशमा जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मान्ने गरिएको छ। प्रजातन्त्र, लोकतन्त्र वा गणतन्त्र जे भनौं जनता आफैंले आफ्नै लागि गर्ने शासन पद्धति हो यो। प्रजातन्त्रका पिता अब्राहम लिंकनको नाम अहिले पनि सबैले लिने गरेका छन्। लोकतन्त्रका सम्बाहक भनिएका हाम्रा प्रधानमन्त्रीले पनि कोमामा गएको हाम्रो संसद्मा लिंकनको नाम पटकपटक लिएको देखिन्छ। केही दशक यतादेखि हाम्रो राजनीति राजनैतिक रंगकर्मीहरूको थलो बनेको छ। रुँदै, तड्पिँदै, छाती फुटाउँदै घरबन्दी भई जनताहरू भोकै बसेका छन्, औषधिको अभाव छ, अक्सिजन, बेड भनौं समग्र उपचारको अभाव छ। विदेशमा बस्ने नेपालीहरूको पनि हालत यस्तै छ। अस्पतालका स्वास्थ्यकर्मीहरू आफैँ क्वारेन्टिनमा बस्न थालेका छन्। अब त हुँदा खाने मात्र होइन हुने खानेको पनि भान्सा सुकिसकेको छ, मध्यम वर्गीको हालत, ओठ मुख सुकिसकेको अवस्था छ।

गणतन्त्रका प्रतीक महामहिमबाट मध्यरात्रि नाघिसक्दा प्रतिनिधिसभालाई विघटन गरी नयाँ निर्वाचनको मिति तोकिएको छ। दुई, तीन महिनामा भएको अभ्यास यो पहिलो होइन। अदालतले कोमाबाट ब्युँताएको यो संस्था फेरि कोमातिरै फर्केको छ। राजनीतिकर्मीहरूलाई यो सामान्य लाग्ला तर निर्वाचनका मुख्य पात्र जनतालाई यो अर्को घाँडो भएको छ। कोरोनाले डल्लो परेका बखत भटाभट मान्छे मर्दै गरेका कारुणिक अवस्थामा जनतालाई निर्वाचनले के उत्साह देला। धेरै चुनाव जनताले भोगिसके, जुन जोगी आए पनि फुस्रे नै देखिएका छन्, चुनाव नै भए पनि पात्रहरू हालकैमध्येबाट आउने हुन्। मध्यरातमा मन्त्रिपरिषद्को बैठक बसे जस्तो गर्ने, रातिराति नै सबै काम सिध्याउने अनौठो परम्परा बसेको धेरै वर्ष भइसकेको छ देशमा।

आयातीत गणतन्त्रको आगमनसँगै हाम्रो राष्ट्रियता कमजोर भएको छ। राष्ट्रियता भन्नु भूगोल मात्रै होइन, मुटु पनि हो। माया बिना मुटुको काम छैैन। माया भन्नु स्वदेशको माया हो, स्वदेशीपन हो। नेपाल अरूको उपनिवेशमा कहिल्यै परेन तर आर्थिक औपनिवेशिकता, परनिर्भरता, भाषिक औपनिवेशिकता, आयातित संस्कृतिले मुलुकको राष्ट्रियतालाई गल्र्यामगुर्लुम ढालेको छ। देशमा अनावश्यक खर्च बढेको छ। खर्च कटाउने अभियान आफैंले सिकाउनुपर्ने हो पहिले। एउटै गाडीको मूल्य डेढ करोड ! यो रोक्ने आदेश गणतन्त्रको सरकारले किन नदिने ? मुलुकमा रोजगारी छैन। भएको रोजगारी पनि गुमिसकेको छ। स्वेच्छा वा विवशताले नेपालीहरू बिदेसिएका छन् यहाँ कोठा खोजी बस्नेहरू पनि लोकतन्त्र र गणतन्त्र दिवस मनाइरहँदा महिनौदेखि घरबन्दीमा छन्। कोही सिलबन्दीमा छन्, भाडा पनि तिर्न सकेका छैनन्, महिनौं भयो भाडा नपाएर घरबेटीहरू रन्थनिएका। आयातित सामान र तिनबाट हामीले विकासको मूल फुटाउने इच्छा गरेका छौं। मुलुकको राष्ट्रियतारूपी गाडी बलियो हुन आफ्नै धर्म, संस्कृति, भाषा र भूमि हुन जरुरी छ। कोरोनाले त झन् सामाजिक दूरी लम्ब्याएको छ। विदेशी सस्कृतिले बढी प्रश्रय पाएको छ। बत्ती बालेर गर्ने पूजाको सट्टा बत्ती निभाएर जन्मोत्सव मान्ने उल्टो संस्कृति भित्रेको छ। खानपिन, रहनसहन, लवाइ, भाषा, भेषभूषा सबै विदेशी संस्कृतिमय बनेको छ।

हो, लैंगिक र जातीय असमानतालाई हटाइनुपर्छ, भौगोलिक विकटता र आर्थिक असमानतालाई पनि। संघीयताले भौगोलिक विकटता हटाएन, घरदैलोमै सिंहदरबार पाउँदा र कोरोनाले 
छट्पटिँदा स्थानीय व्यक्तिमा मलमपट्टी लाग्न सकेन ! राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा व्यक्ति वा संस्था कोही ठूलो हुन सक्तैन। हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको भनिए पनि जनता सुरक्षित हुनै सकेनन्। नाना, खाना, छाना, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गणतन्त्रले गर्नै सकेन। मुलुकको संरचना संघीय शासन प्रणालीमा रह्यो तर संघीयता र खर्चिलो गणतन्त्र जनताले धान्नै सकेनन्। विश्वका कम मुलुकमा मात्र यस्तो शासन पद्धति छ। जनतालाई सार्वभौम गराइनुपर्छ तर बोलीले मात्रै होइन व्यवहारत हुनुपर्छ। नेताजीको स्वार्थभन्दा नीतिले सञ्चालित हुनुपर्छ मुलुक। दिगो विकास र समृद्धिका लागि मुलुकको आप्mनै चिनारी हुन जरुरी थियो, तर यसो भएन बरु सबैतिर औपनिवेशिकता 
कायम रह्यो।

नेताहरूको सिद्धान्त र व्यवहारमा आकाश जमिनको फरक देखियो। भनियो एकथरी, गरियो अर्कै। दलको ह्वीप मानिएन, अन्य दलहरूसँग मिलेर सत्ताको खेल खेलियो। प्mलोर क्रस गर्दा केही गर्न नसक्ने दलले अब देशमा दलको अनुशासन छ र देशमा दलीय व्यवस्था छ भन्नु भूmटबाहेक केही हुन्न। यहाँ बोलीमा स्थिरता छैन, निरन्तरता पनि। मानवमा चित्कार छ, कुण्ठा, बेमेल, विसंगति र बेचैनी अनि बेरोजगारी छ, बेवास्ता त छँदैछ, पदको लोभ छ, प्रतिष्ठाको भोक छ। राम्रा मान्छेको सट्टा हाम्रा मान्छेको चयन छ, राजनीति हावी छ सबैतिर, अनि सबैतिर भागबन्डा छ, सबैतिर राजनैतिक रोजगारी छ। दलमा नमिसिएकाहरूलाई कुनै ठाउँ छैन। सबैलाई नेता नै बन्नु पर्ने हतार छ, नैतिकताको रटान व्यर्थ सावित भएको छ। सुशासनको सुगा रटाइ पछिल्लो पटक उदाँगो भएको छ। देशमा यति भाँडभैलो इतिहासमै कहिल्यै भएको थिएन, अभैm पनि देशवासीका नाममा लाचार भई सम्बोधन हुँदैछ, अलिकति पनि लज्जाबोध छैन।
लोकतन्त्रको खोल ओढेका नेताहरूको विलासी जीवनशैलीले देश विदेशी ऋणले किचिएको छ, व्यापार घाटाले थिचिएको छ। चुनावको नौटकी गर्ने नेताहरू चुनावबाट आएकालाई फू गर्दै सांसद पद खारेज गरिदिन्छन्। एकातिरकाले खारेज गर्छन् सांसद पद अनि अर्का तिरकाले ६ महिनाका लागि लिइदिन्छन्। बेमौसमको राष्ट्रिय सभाको करोडौँको चुनाव हुन्छ, आचारसंहिताको पालन हुन्न र भोट मागिन्छ, चुनावमा जसरी पनि जिताउने प्रयास हुन्छ अन्ततः अदालतको आदेशले एकै पटक सात, सात जनाको मन्त्री पद गुमेपछि देशका कार्यकारी प्रमुख हतास मनस्थितिमा हुन्छन्, नक्कली दस्तखतको हुल बाँधिन्छ, रातरातै शीतल निवास खुल्छ र संस्था नै अवसान हुन्छ, गणतन्त्रको यो ठूलो उपलब्धि मानिन्छ, जनता एकपटक फेरि भुसमा सुत्न पुग्छन्।

हाल गणतन्त्र नेपालले धेरै विषयमा फड्को मारेको भनिए पनि जनता सुरक्षित हुनै सकेनन्। नाना, खाना, छाना, शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी गणतन्त्रले गर्नै सकेन।

चुच्चे नक्सा छापेको बहाना हुन्छ। छाप्न सघाउने प्रतिनिधिसभाको घाँटी रेटिन्छ। जबरजस्त ब्युँझिँदा बिजनेस पाउँदैन, मरेतुल्य हुन्छ। गणतन्त्रको कु गर्न माहिर श्रीहरूको रडाकोले देशको शिर निहुरिन्छ र गोयलहरू रातमा एक्लै घुम्छन््, सगरमाथाको शिरमा पुग्छन्। दैनिक जनजीविकाका प्रश्नमा दलहरूको बहस नै हुन्न, सडकमा तँछाडमछाड गर्दै पोखिन्छन्, एकअर्कालाई सत्तोसराप गर्छन्, कुकुर बिरालाझैँ कराउँछन्। जनता दिनप्रतिदिन रोगी हुन्छन्, बल्लतल्ल भीक मागेको पहिलो डोज कोरोना खोप लगाउँछन्, दोस्रो चिल्लै हुन्छ डोज। बाली भित्रिसक्दा रासायनिक मल आइपुग्छ। यातायात क्षेत्रको कार्टेलिंग हटाउन निर्णय गर्छन्, निर्णय फिर्ता लिन्छन्। सयौं आरोपीहरूको मुद्दा फिर्ता हुन्छ, किस्तीमा सजाएर राखिएको सिंदरबारको सिट दिन तयार हुन्छन्, आफू टिकिरहन मरिहत्ते गर्छन्। उपलब्धिबिना १७ हजार मान्छे मर्छन्, तालमेल मिलाई ब्यालेट बक्स थापेर लिस्नो माथि पुग्छन्, जनतालाई धोका दिई महँगीको उपहार दिँदै आफैं घरको न घाटको हुन्छन्। लाखौँका घडी र मोबाइल, पलंग अनि करोडौंको महलमा आराम गर्छन्, नाम भजाउँछन् कार्ल माक्र्स, लेनिन, अनि माओ आदिको। सरकार महामारीप्रति उदासीन हुन्छ, लकडाउनको अस्त्रले सर्वसाधारणको चुलो बन्द हुन्छ, व्यापार आर्थिक विकासमा बज्रप्रहार हुन्छ। गरिबको भात भान्सामा तगारो चढ्छ। एउटै कोठामा बसेर देशैभरिका सडक, स्वास्थ्य केन्द्रको उद्घाट्न हुन्छ। कोरोनामा देश दौडाहा र भीड, सांसद अपहरणको शैली, वर्षौँअघिदेखि महाकालीमा विदेशीले बनाएको बाटोमा मौन, औपचारिक उद्घाटनपछि ए हो र भन्ने अभिव्यक्ति, कोरोना राहत शून्य, राहतमा करोडौं खर्चेको हिसाब देखाइएको छ।

जनकपुरमा रेलले घुम्टो ओढेर बसेको, रेल, पानीजहाजको गफ, डेढ करोडको गाडी, महँगो कार्पेट, शौचालय, हेलिकप्टर, जिमखाना, भैँसेपाटीमा सात चिरा पारिएका सात प्रमुख र मुख्य मन्त्रीहरूलाई आलिशान र सुविधासम्पन्न आवासको तयारी भइरहेका छन्। संवैधानिक निकायहरूमा विपक्षी बिना नै खुल्ला भर्ती, गणतन्त्रका संवाहक भन्दै यसैमाथि कु को प्रयास भइरहेको छ। गणतन्त्र दिवसकै पूर्वसन्ध्यामा आफू चढेको भर्‍यांग नै गल्यामगुर्लुम ढालेर आफैं टुहुरो र निर्दलीय चरित्र अनि आप्mनै दल नियन्त्रण बाहिर गएको अवस्था जति चर्चा गरे पनि कम हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.