गुल्मीमा कोरोना संक्रमण घट्दै
गुल्मी : कोरोना भाइरसबाट हुने दैनिक संक्रमण जिल्लामा केही दिनयता घट्न थालेको छ । यससँगै संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा मंगलबार ३२ जना संक्रमित थपिएका छन् । यस अवधिमा ७१ जना निको भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।
यसअघि सोमबार ७७ जनामा कोरोना पुष्टि भएको थियो । २ जनाको ज्यान गएको थियो । केन्द्रको तथ्याङ्कअनुसार मंगलबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ९१ पुगेको छ ।
मृतकको संख्या ६८ पुगेको छ । ९ सयजना निको भएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीले गत वैशाख १८ गतेदेखि जारी गरिएको निषेधाज्ञा हालसम्म कायमै छ ।