एम्बुलेन्स चालकमाथि कुटपिट

एम्बुलेन्स चालकमाथि कुटपिट

गुल्मी : आफ्नै मिल्ने साथीबाट गुल्मीमा एम्बुलेन्स चालकमाथि कुटपिट भएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मीका एम्बुलेन्स चालक २८ वर्षीय लालबहादुर खत्रीमाथि कुटपिट भएको हो । 

रेडक्रसका चालक भएपनि उनले त्यस दिन भुपू सैनिकको एम्बुलेन्स चलाएका थिए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले उनीहरु नजिकका साथीहरु भएको खुलेको जानकारी गराए । रेसुंगा नगरपालिका १ धागीथुमका ३० वर्षीय सागर बोहोराले मंगलबार राति कुटपिट गरेर फरार भएको पाण्डेले बताए । फरार बोहोराको खोजी कार्य जारी रहेको छ ।

घाइते चालकको टाउकोमा गम्भीर चोट लागेको छ । जिल्ला अस्पतालमा उपचारपछि उनलाई थप उपचार गराउन पाल्पा पठाइएको छ । उनीहरुबीच पुरानो कुनै रिसिइवी नभएको र तत्कालै कुनै विषयमा विवाद हुँदा झगडा भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी पाण्डेले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.