पीचहुँदै अर्घा दरबार जाने सडक

पीचहुँदै अर्घा दरबार जाने सडक

सन्धिखर्क : अर्घाखाँचीको पर्यटकीय तथा धार्मिकस्थल अर्घा दरबार जाने मोटरबाटो पीच हुन थालेको छ । अर्घा अग्लो पहाडको थुम्कोमा अवस्थित प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक तथा पूरातात्विक महत्व बोकेको रमणीय थलो हो । 

बाइसे चौबिसे राज्यका समयमा राजकाज चलाउने स्थानको रुपमा रहेको यहाँ हाल महाकाली मन्दिर, दरबार रहेका छन् । पन्ध्रौं शताब्दीदेखि अस्तित्वमा रहेको यो मन्दिरमा विजयादशमीको पूर्णिमाको दिन विशेष मेला लाग्छ । 

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा धार्मिक तीर्थस्थल सुपा देउरालीमा आएका पर्यटकलाई अर्घा दरबारमा लैजानका लागि सन्धिखर्क नगरपालिकाको पहलमा सडक पीच हुन थालेको हो । अर्घा दरबार बाइसे चौबिसे राज्यको राज दरबार हो । यहाँ राजाले राज्य गर्दथे । पाल्पा एकिकरणसँगै नेपाल राज्यमा एकिकरण भएको यो स्थानबाट हिम श्रृंखलहरु समेत हेर्न सकिन्छ । 

लुम्बिनी तथा सुपा देउरालीमा आएका धार्मिक पर्यटकलाई सन्धिखर्क बजारहुँदै अर्घा दरबारमा लैजाने उदेश्यले सडक पीच गर्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए । 

चुत्राबेसीबाट धरम्पानी मिनीकोटहुँदै अर्घा भगवती जाने बाटोको निर्माण स्थलमा गइ अनुगमन गरिएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायतको टोलीले अनुगमन गरेको हो ।

स्थानीय सरकार बनेसँगै चहलपहल कम भएको सन्धिखर्क बजारमा चहलपहल ल्याउनका दागि पनि अर्घा दरबार र भगवती मन्दिरमा विभिन्न कामहरु भइरहेका छन् । नेपालमै सबै भन्दा ठूलो देवी भगवती मन्दिरको मूर्त राख्नकालागि पनि काम सुरु भइरहेको सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार विकले बताए ।  

अर्घा भगवती मन्दिरमा अहिले देवी भगवतीको मुर्ति राख्न सन्धिखर्क नगरपालिका लागि परेको छ । एक करोड भन्दा बढी लागतमा उक्त मुर्ति राख्न थालिएको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले बताए।

पन्ध्रौं–सोह्रौं शताब्दीमा अस्तित्वमा रहेको अर्घा राज्यमा जिल्ला राईका सन्तानले राज्य गरेका थिए । राईबाट शाह, शाहीको रुपमा चिनिने यहाँका राजाले सामरिक सुरक्षित क्षेत्र चयन गरी पहाडको थुम्कोमा राजधानी बनाइ शक्तिपीठको स्थापना गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.