किन उर्लियो सेयर बजार ?

किन उर्लियो सेयर बजार ?

काठमाडौं : विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट देश आक्रान्त छ। निषेधाज्ञाले अर्थतन्त्र ठप्प छ। राजनीतिक स्थिरता झन् भड्किएको छ। यस्तो अवस्थामा सेयर बजार भने निरन्तर उकालो लागिरहेको छ। बिहीबार मात्रै १५ अर्ब रुपैयाँको कारोबार भएको छ। 

नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार आठ/नौवटा कारणले पछिल्लो समयमा निरन्तर सेयर बजार उर्लिएको हो। साथै, यसको भविष्य राम्रो भएकाले अझै निरन्तर बढ्ने उनको आँकलन छ।  कोभिडको समयमा सबै जना घरमा बसी अनलाइनबाट कारोबार गर्ने भएकाले सेयरबजारमा कोभिडको प्रभाव नपरेको अध्यक्ष रौनियारले बताए। उनका अनुसार ३६ लाखले डिम्याट खाता भरेका छन्। 

त्यसमध्ये ६ लाखले अनलाइनबाट काम गर्छन्। विदेशबाट पनि लगानी भइरहेकाले पछिल्लो समयमा निरन्तर सेयर बजार माथि गइरहेको छ।  ‘गृहणीदेखि विद्यार्थीसम्म डिम्याट खोल्ने आईपीओ भर्दै विस्तारै सेकेन्डरी मार्केटमा जान्छन्’, उनले भने, ‘रेमिट्यान्ससमेत बढेकाले सेयर कारोबार बढ्न सघाउ पुगेको छ।’  

नेपालमा मात्र नभई पुँजी बजार संसारमै बढेको छ। विश्लेषकहरूले अझ बढ्ने बताएका छन्। चौथो त्रैमासिकमा नाफा बढ्ने देखिएकाले बढी बोनस पाउने आशामा लगानीकर्ता हौसिएका छन्। सेयर किन्दा ९ महिनामा ब्याज तिरेको हुन्छ। एक क्वाटरको ब्याज तिरे १ वर्षको बोनस पाइने भएकाले पछिल्लो समयमा सेयर बजार कारोबार गर्ने बढेका छन्।

धेरै मानिसले पुँजी बजारबारे राम्रो जानकारी राख्नुका साथै अर्थतन्त्रको मेरुदण्ड भएकाले पनि धेरैको आकर्षण बन्न पुगेको छ। ‘अर्थमन्त्री को आयो, राजनीतिक घटनाक्रम के भयो, राष्ट्र बैंकले के सर्कुलर निकाल्यो भन्ने गौण विषय हुन्’, उनले भने, ‘यसले क्षणिक प्रभाव पारे पनि सेयर बजारमा खासै फरक पर्दैन।’ 

वैदेशिक रोजगारीमा गएका ६० लाख श्रमिकले बचाएको पैसा पनि सेयर मार्केटमा आएको लगानीकर्ताहरू बताउँछन्। सेयरमा धेरै लगानी कोरियाबाट भइरहेको छ। आईपीओमा अनलाइनबाट मात्रै १० खर्ब रुपैयाँ भरिएको छ।  बैंक तथा वित्तीय संस्थाबाट सस्तो ब्याजमा ऋण पाइने भएपछि धेरै लगानीकर्ता सेयर बजारमा हौसिएका छन्। बैंकले यसमा ८ प्रतिशतमै ऋण दिइरहेका छन्। ‘बैंकमा तरलता प्रशस्त छ। बेसरेट पनि कम भएको र ब्याज पनि सस्तो भएकाले ऋण लिएर पुँजी बजारमा लगानी गरिरहेका छन्।’  पुँजी लाभकर ५ प्रतिशत बनाइनुका साथै कमिसन पनि घटाइएकाले सेयर बजार बढ्नमा थप मद्दत पुगेको अध्यक्ष रौनियारले बताए। कोभिडले बैंक तथा वित्तीय संस्था, हाइड्रोपावर, बिमालगायतको आम्दानीमा कमी भएको छैन। तेस्रो त्रैमासिकमा बैंकको १८ प्रतिशत आम्दानी बढेको  छ। हाइड्रोपावरमा झन् कोभिडले कुनै असर गरेको छैन। बिहीबार हाइड्रोपावरमा कारोबार उच्च भएको छ। हाइड्रोपावरको प्रोडक्सन राम्रो हुनुका साथै केन्द्रीय प्रशारण लाइनमा अहिले जोडिएकाले पनि केही समय हाइड्रोपावरको कारोबार बढ्ने लगानीकर्ताको अनुभव छ।  अहिले पुँजी बजार ३९ खर्बको भएको छ। 

यो बजेटको अढाइ गुणा बढी हो। जीडीपी ४५ खर्बको छ। पुँजी बजार त्यसको हाराहारीमा पुग्न थालेको छ। पुँजीबजारको आकार बढे पनि सेयरको मूल्य भने बढ्न सकेको छैन।  तर, अझ बढ्छ भन्दैमा खराब सेयरमा लगानी गर्न नहुने लगानीकर्ताको सुझाव छ। हरेक वर्ष साधारणसभा गरेको, नेटवर्थ राम्रो भएको, हरेक वर्ष आम्दानी बढ्दै गएको, लाभांश कति दिएको लगायत हेरेर मात्र लगानी गर्नुपर्ने अध्यक्ष रौनियारले सुझाए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.