एमालेमा विवाद चर्किएका बेला सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार

एमालेमा विवाद चर्किएका बेला सुदूरपश्चिममा मन्त्रिमण्डल विस्तार

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारमा ८ जना मन्त्री र राज्यमन्त्री थपिएका छन्। नेकपा एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री त्रिलोचन भट्टले एमालेका दुई मन्त्रीलाई हटाएका छन् भने एमालेबाट ६ जना र माओवादी केन्द्रका २ जना नियुक्त गरेका छन्। केहीको मन्त्रालय हेरफेर गरिएको छ।

नयाँ मन्त्री मण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पूर्णा जोशी, उद्योग वन वातावरण तथा पर्यटन मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घबहादुर सोडारीलाई नियुक्त गरिएको छ।

शाहलाई आन्तरिक मामिलाबाट हटाएर आर्थिक मामिला मन्त्रालय दिइएको हो। यसअघिका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई हटाइको छ। 

यस्तै सामाजिक विकास राज्यमन्त्रीमा मना साउद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, आर्थिक मामिला राज्यमन्त्रीमा अर्चना गहतराज र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्रीमा मानबहादुर सुनारलाई नियुक्त गरिएको छ। 

अहिलेको नयाँ मन्त्रीमण्डलमा उद्योग वन वातावरण तथा पर्यटन मन्त्री मानबहादुर धामी र भूमी व्यवस्था तथा कृषि राज्यमन्त्री मानबहादुर सुनार भने नेकपा माओवादी केन्द्रका हुन्। भूमी व्यवस्था तथा कृषिमन्त्री विनीता चौधरीको जिम्मेवारी फेरिएको छैन ।

८ जना मन्त्री र राज्यमन्त्रीलाई शुक्रबार प्रदेश प्रमुख गंगाबहादुर यादवले शपथ खुवाएका छन्। नेकपा एमालेको स्थायी कमिटिले सरकारको समर्थन फिर्ता लिएको र आफ्ना मन्त्रीलाई फिर्ता बोलाएको अवस्थामा, त्यसको अवज्ञा गर्दै मन्त्रिमण्डल विस्तार भएको हो।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.