गणतन्त्र दिवसका अवसरमा नुवाकोट र रसुवाका ६ कैदीबन्दी रिहा

गणतन्त्र दिवसका अवसरमा नुवाकोट र रसुवाका ६ कैदीबन्दी रिहा

नुवाकोट : १४औं गणतन्त्र दिवसका अवसरमा नुवाकोट र रसुवाका ६ जना कैदीबन्दी रिहा भएका छन् । सरकारले विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै बन्दी जीवन विताइरहेका नुवाकोट र रसुवाका ६ जना पुरुष वन्दी रिहा भएका हुन् । 

गणतन्त्र दिवसको अवसरमा नुवाकोट र रसुवासहित विभिन्न कारागारवाट ४३० जना कैदीबन्दी रिहा गर्न कारागार प्रशासनले गरेको सिफारिसलाई छानबिन गरेर सरकारले थुनामा कैद भुक्तान गरिरहेका विभिन्न कैदीबन्दी रिहा गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा १४औं गणतन्त्र दिवसका अवसरमा ती कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन् ।

सरकारले नुवाकोट र रसुवा जिल्ला कारगारसहित केन्द्रीय कारागार, डिल्लीबजार कारागार, नख्खुसहित देशका विभिन्न कारागारबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गर्न राष्ट्रपति कार्यालयलाई सिफारिस गरेको थियो । 

नुवाकोट कारागारवाट बाँकी कैद मिनाहा भएर रिहा हुनेहरुमा नुवाकोटको तारकेश्वर गाउँपालिका २ का सवारी ज्यान मुद्धाअन्र्तगतका ४४ वर्षीय होमनाथ सिग्देल, बेलकोटगढी नगरपालिका १० का सवारी ज्यान मुद्धाअन्र्तगतकै मिलन बस्नेत र विदुर नपा ३ का सरकारी छाप किर्ते दस्तखत मुद्धाका ४२ वर्षीय केशव खड्का रहेको नुवाकोट कारागारका प्रमुख जेलर दुर्गा वाग्लेले जानकारी दिए । 

नुवाकोटको छिमेकी रसुवा कारागारवाट रिहा हुनेहरुमा आमाछोदिङ्मो गापा ४ का सवारी ज्यान मुद्धाका ३६ वर्षीय निमाकामी तामाङ, सोही गापा १ का ज्यान मार्ने उद्योगका ६० वर्षीय सिंहबहादुर तामाङ र गुल्मीकोद इरमा ७ का ठगी मुद्धाका ३६ वर्षीय मधुसुदन बस्नेत रहेका छन् । 

बलात्कार, भ्रष्टाचार, राज्य विरुद्धको अपराधलगायत आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ । 

तीबाहेक नकारात्मक सूचीमा नपरेको मुद्धामा दोषी ठहर गरी ५० प्रतिशत भन्दा बढी कैद भुक्तान गरिसकेकाहरुलाई सम्बन्धित कारागार कार्यालय, जिल्ला प्रशासन कार्यालयको रायसहितको सिफारिसका आधारमा सरकारले बाँकी कैद मिनाहा गरी माफी दिइएको हो । 

सरकारले गणतन्त्र दिवससहित फागुन ७ गतेको प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गर्दै आएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.