धन
जीवन धन हो हाम्रो, धन आर्जन लक्ष्य भो।
ब्रह्माका सब सृष्टिमा, मनुमात्र त क्षुब्द भो।
धन् छ त सबै नै छ, नभाको धन मात्र हो।
आफू मरेर जोहो गर्छ, सन्तुष्टि किन छैन हो ?
धनको भो रजाईं त, बुद्धि त झन् दास भो।
सेवा बन्यो घृणा त्यो त, धर्म बिक्री सबै भयो।।
मान्छे किनी सबै बेच्छ, मान्छे पशु रूपै भयो।
विदेशी ऋण लिँदा त, देशै बिक्री हुने भयो।।
प्रकृति धन हो सारा, विश्वमा सबमा धनी।
सबै गरिब छैनौं है, नेपालै नचिने त हो।।
बाघको मुखको स्याल, कसरी भाग्छ त्यो पर ?
उदारवाद बढेको छ, समाजवाद कहाँ छ र ?
विदेशी बैंकभन्दा त, आमाको थैली जाति छ।
नहुने काम त्यो गर्छ, धनको शक्ति पूर्ण छ।।
ज्ञान विज्ञानको ज्ञान, सच्चा ज्ञान धनै न हो।
धनीको धन धेरै छ, श्रम नै धन हो ठुलो।।
पशु जीव गरिबै छन्, धनी मानिस एकै छन्।
अमर न छ कोही त, चितामा लास मात्र छ।।