१०० वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष स्कुलकै ग्राउन्डमा भेटियो

१०० वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष स्कुलकै ग्राउन्डमा भेटियो

ओटावा: क्यानडाका आदिवासी समुदायका लागि बनाइएको एउटा बोर्डिङ स्कुलको ग्राउन्डमा एक सय वर्षअघि मारिएका २१५ बालबालिकाको अवशेष फेला परेको छ ।

स्थानीय आदिवासी व्यक्तिहरुका अनुसार ती अवशेषहरु काम्पलुप्स नजिकैको सय वर्ष भन्दा पहिलेको बोर्डिङ स्कुलमा पढ्ने बालबालिकाको हो । तीमध्ये केही बालबालिकाहरु ३ वर्षका समेत थिए । तर उक्त घटनालाई बोर्डिङ स्कुल प्रशासनले दस्तावेजिकरण गरेको थिएन ।

यस घटनाबारे अनुसन्धान गरिने र थप तथ्य आगामी महिना सार्वजनिक गरिने बताइएको छ । यस घटना १९औँ शताब्दिको अन्त्यतिर यहाँको स्कुलमा भएको हुनसक्ने बताइन्छ । जानकारहरुका अनुसार १९औँ शताब्दिको अन्त्यतिर कामलुप्स इन्डियन रेसिडेन्सियल स्कुल १३९ वटा बोर्डिङ स्कुलमध्ये सबैभन्दा ठूलो थियो र जहाँ ५०० विद्यार्थी एकै पटक अध्ययनरत थिए ।

जुन स्कुल क्यानडा सरकार (१८९०-१९६९) को मातहत क्याथोलिक चर्चले सञ्चालन गर्दथ्यो । स्कुल अवधिभर कुल १५०००० इन्डियनहरुलाई यस स्कुलमा जवर्जस्ती भर्ना गरिएको थियो । साथै विद्यार्थीहरुलाई हेड मास्टर र अरु शिक्षकहरुले शारीरिक तथा यौन दुर्व्यवहार गर्थे र उनीहरुलाई आफ्नो भाषा र संस्कृतिबाट अलग्याउन यसरी स्कुलमा भर्ना गराइन्थ्यो ।

पछिल्लो समय यस क्षेत्रका समुदायमा फैलँदो गरिवी, मदिरापान र घरेलु हिंसा साथै आत्महत्याका घटनाप्रति तिनै पुराना घटना प्रमुख रुपमा जिम्मेवार मानिन्छन् ।

त्यसबेला एक सत्य तथा मेलमिलाप आयोगले विभिन्न आवासीय स्कुलहरुमा कम्तिमा ३२०० बालबालिकाहरु शारीरिक शोषण वा बेवास्ताका कारण ज्यान गुमाएको तथ्य सार्वजनिक गरेको थियो । यद्यपि त्यस्ता बालबालिकाको यकिन संख्या अझै अस्पष्ट छ ।

काम्पलुप्स स्कुलमा पनि यस्ता घटना भएको बताइन्छ । यद्यपि 'सांस्कृतिक नरसंहार'को रुपमा भएका यस्ता घटनाप्रति क्यानडाले २००८ मा माफी मागेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.